काठमाडौं । नेपालमा ग्रेटवाल मोटर्सको बिक्रेता भिजी इम्पेक्सले वीन्टर अफर ल्याएको छ । जाडो सिजनलाई लक्षित गर्दै आएको स्कीममा ‘लक्जरी ड्राइभ’को आनन्द लिन चाहनेलाई नगद छुट सहितको स्कीम ल्याएको कम्पनीले जनाएको छ ।
लक्जरी ड्राइभ खोज्नेहरूका लागि ओराको इलेक्ट्रीक र हाभलका प्रिमियम कारहरु उपलब्ध गराएको कम्पनीले गाडीमा ३ लाखसम्मको फाइदा दिने जनाएको छ । कम्पनीको ईभी किन्ने ग्राहकले ९ लाख४९ हजार रुपैयाँ डाउन पेमेन्ट गरेर रेट्रो-मोर्डनिस्टिक ओरा ०३ खरिद गर्न सक्ने छन् ।
साथै, कम्पनीले ‘गियर अप फर ग्रेट डिल्स अफर’मा हाभलका एसयूभी र ग्रेटवालका गाडी किन्दा ७ लाख बराबरको स्कीम पाइने जनाएको छ । कम्पनीले आकर्षक नगद छुट, एक्सचेन्ज बोनस, फ्रि एक्सेसरिज र निःशुल्क बीमा दिने छ ।

