काठमाडौं । हिमालयन बैंक लिमिटेड र विश्व बैंक समूह अन्तर्गतको ईन्टरनेशनल फाईनान्स कर्पोरेशन (आइ एफ सि) बिच २०७५ चैत्र २८ गते एक समारोहका बिच महिला उद्यमीहरुको साना तथा मझौला व्यवसायमा लगानी गर्ने सम्झौता सम्पन्न भएको छ ।
उक्त सम्झौता पत्रमा हिमालयन बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणा र आइएफसिका तर्फबाट आवाशिय प्रतिनिधि एम रेहान रशिदले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौता अनुसार आइएफसिले हिमालयन बैंकलाई आवश्यक कोष कर्जा स्वरुप उपलब्ध गराउने छ ।
महिला उद्यमीहरुको साना तथा मझौला व्यापार स्थापना, संचालन र प्रवद्र्धन गर्नु उक्त सम्झौताको मुख्य उदेश्य रहेको बैंकद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ ।