काठमाडौं । नेपालको लागि महिन्द्रा टु ह्वीलहरुको आधिकारिक विक्रेता अग्निमोटो इन्कको आधिकारीक डिलर वारिस अटोमोबाइल्सले सेल्स, सर्भिस र स्पेयर पार्टस्हरुको सेवासहित परासी बजारमा आफ्नो नयाँ शोरुमको सुरुवात गरेको छ ।
यो शोरुम वैशाख १ गतेबाट संचालनमा ल्याईएको कम्पनीले जनाएको छ । यस क्षेत्र तथा आसपासका ग्राहकहरुले सर्वसुलभ एवं सहज तरिकाबाट महिन्द्रा टुह्वीलरको सम्पूर्ण सेवा प्राप्तगर्न सक्ने छन् ।
कम्पनीले केवल सवारी विक्रीगर्ने तर्फमात्र केन्द्रित नभई ग्राहमुखी सेवा, चुस्त सर्भिस तथा स्पेयर पार्टस्हरुको सर्वसुलभतातर्फ पनि विशेष ध्यान केन्द्र्रित रहेको जनाएको छ ।
चाहिएको वेला सर्वसुलभ तरिकाबाट बाइकतथा स्कुटर खरिद, सर्भिसिङ्गतथा समयमै ग्राहकरुलाई स्पेयरपार्टस्हरु उपलब्ध गराई ग्राहकलाई सन्तुष्टि दिनु यस सेन्टरकोप्रमुख उद्देश्य रहेको जानकारी वारिस अटोमोबाइल्सका सन्चालक ईरफान वारिसले दिए ।

