हार्लेले फिर्ता माग्यो ४० हजार बाइक, भारतमा पनि जाँच सुरु, यस्तो छ समस्या

हार्ले डेभिड्सनले झन्डै ४० हजार स्ट्रीट सिरिजका बाइक रिकल गरेको छ । साथै कम्पनीले सो मोडलका बाइकहरुको डेलिभरीसमेत बन्द गरेको छ । ब्रेकमा समस्या आएपछि कम्पनीले स्ट्रीट सिरिजका बाइक फिर्ता र नयाँ डेलिभरी बन्द गरेको हो । 

हार्लेका अनुसार समस्या रहेको बाइकका कारण अमेरिकामा ४ दुर्घटनामा २ जना घाइते भएका छन् । खराब ब्रेकिङ्गका कारण उक्त दुर्घटना भएको बताइएको छ । 

यो रिकलको असर भारतमा पनि देखिएको छ । सोही समयमा भारतमा निर्माण भएको स्ट्रीट बाइकसमेत फिर्ता लिइने भएको हो ।

कम्पनीले २०१५ मे देखि २०१८ डिसेम्वरको बीचमा निर्माण भएको स्ट्रीट ७५० र स्ट्रीट ६०० बाइकहरु फिर्ता मागेको हो । 

ब्रेकिङ्गमा समस्या आएर फिर्ता मागेको ४३ हजार ९०८ यूनिट बाइकमध्ये १२ हजार ८०० यूनिट बाइक अमेरिकामा रहेको छ । 

यही समयमा भारतमा निर्माण भएको बाइकको चेकअप सुरु भएको छ । भारतीय बजारमा दुर्घटनाको कुनै रिपोर्ट भने बाहिर आएको छैन । उक्त समयमा भारतीय बजारमा स्ट्रीट ७५० को निर्माण भएको थियो ।  

ब्रेकको क्यालिपर पिस्टनमा समस्या आएको कम्पनीले बताएको छ । समस्या भएका बाइकका कम्पनीले नयाँ क्यालिपर ब्रेक रिप्लेस गरेर ग्राहकलाई फिर्ता दिने उल्लेख गरेको छ ।


Back_to_top