हेलिकप्टरमा सवार सबैको निधन

पर्यटन मन्त्री रविन्द्र अधिकारीसहित ६ जना सवार रहेको एयर डाइनेस्टीको हेलिकप्टरमा रहेका सबैजनाको मृत्यु भएको नागरिक उड्यान प्राधिकरणले जनाएको छ ।  ताप्लेजुङ्गको फुङलिङ नगरपालिकाको दाह्रेढुङ्गामा ठोकिएको उक्त हेलिकप्टरमा व्यवसायी आङ छिरिङ शेर्पा, युवराज दाहाल, अर्जुन घिमिरे, वीरेन्द्रप्रसाद श्रेष्ठ, र ध्रुवदाश बजिमय सवार रहेका थिए । 

उक्त हेलिकप्टर क्याप्टेन प्रभाकर केसीले उडाएका थिए । घटनामा उनकाे पनि निधन भएकाे जनाइएकाे छ ।  पाथीभरा मन्दिरबाट उडेकाे एक मिनेटपछि नै हेलिकप्टर दुर्घटनामा परेकाे प्रत्यक्षादर्शीहरूले बताएका छन् ।

यता प्रधानमन्त्री निवास बालुवाटारमा अहिले मन्त्री परिषदको आकस्मीक बैठक बसिरहेको छ । 


Back_to_top