हिरोले नेपालमा विक्री गर्ने ७ मोडलको यस्तो छ पावर र मूल्य

काठमाडौं । हिरोले नेपालमा विक्री गर्ने १५० सीसीदेखि २०० सीसीसम्मका विभिन्न ७ मोडल उपलब्ध रहेका छन् । अन्य ब्राण्डको तुलनामा हिरोले विक्री गर्ने सबै मोटरसाइकलको मूल्य कम रहेको छ ।

हिरोको आधिकारीक वितरक एनजीएमले १५० सीसी सेग्मेन्टमा एक्स्ट्रीम स्पोर्ट, एचिभर, हंक र एक्स्ट्रीम १६० आरको विक्री गर्दै आएको छ भने, २०० सीसी सेग्मेन्टमा एक्सपल्स २००, एक्स्ट्रीम २०० आर र एक्सपल्स २०० टी रहेका छन् ।

कम्पनीले विक्री गर्दै आएको हंक र एक्स्ट्रीम स्पोर्ट मोडलमा समान १४९ सीसीको इन्जिन उपलब्ध रहेको छ । दुबै मोटरसाइकलको इन्जिनले समान १५ पीएस पावर प्रदान गर्छ ।

हिरो एचिभरमा पनि १४९ सीसीकै इन्जिन भएपनि यसको पावर भने केही कम छ । उक्त इन्जिनले १३.४ पीएस पावर प्रदान गर्छ । मूल्यका हिसावले सबैभन्दा सस्तो एचिभर रहेको छ । यसलाई कम्पनीले २ लाख ३० हजार मूल्य तोकेर विक्री गर्दै आएको छ । एक्स्ट्रीम स्पोर्टको मूल्य २ लाख ५५ हजार र हिरो हंकको मूल्य २ लाख ८१ हजार ५०० रुपैयाँ रहेको छ ।

हिरोले १५० सीसीमा सेग्मेन्टमा नै ल्याएको एक्स्ट्रीम १६० आरमा भने १६३ सीसी क्षेमताको इन्जिन दिइएको छ । आधुनिक फिचर दिइएको एक्स्ट्रीम १६० आरको मूल्य भने ३ लाख ४२ हजार रुपैयाँ रहेको छ ।

२०० सीसी सेग्मेन्टमा उपलब्ध तीनवटै मोडलमा एउटै इन्जिनको प्रयोग भएको छ । कम्पनीको पहिलो डबल स्पोर्टस् मोटरसाइकल एक्सपल्स २०० मा १९९.६ सीसी क्षमताको इन्जिन उपलब्ध रहेको छ । उक्त इन्जिनले अधिकतम १८.४ पीएस पावर प्रदान गर्छ ।

एक्सपल्स २०० को मूल्य ४ लाख २ हजार रुपैयाँ रहेको छ । साथै, एक्सपल्स २०० टीको मूल्य ३ लाख ५० हजार ५०० रुपैयाँ र एक्स्ट्रीम २०० आरको मूल्य २ लाख ९५ हजार ५०० रुपैयाँ रहेको छ ।


Back_to_top