ब्रेजा बन्यो नेपालमा सर्वाधिक विक्री हुने मोडल, यस्ता छन् कारण

काठमाडौं । मारुती सुजुकीको सर्वाधिक सफल सब फोर मिटर एसयूभी ब्रेजा सन् २०२१ को १० महिनामा सर्वाधिक विक्री हुने मोडल बनेको छ । कम्पनीले जनवरीदेखि अक्टोबरसम्म १ हजार ३६३ यूनिट ब्रेजा आयात गरेर विक्री गरेको हो ।

कम्पनीले दशैंको सुरुवाती दिनमा ब्रेजाको सप्लाईमा समस्या नहुने बताएको थियो । तर, ग्राहकको आकर्षण बढेसँगै गाडीको डेलिभरी दिन नसक्ने अवस्था सृजना भयो । त्यसपछि ग्राहकसँग बुकिङ लिएर बसेको सिजी मोटोकर्पले जनाएको छ ।

मारुती सुजुकी भिटारा ब्रेजाको विक्री बढ्नुमा मुख्य कारण यसको इन्जिन हो । कम्पनीले सन् २०१६ मा यसलाई पहिलो पटक बजारमा ल्याउँदा १.३ लिटर डिजेल इन्जिनमा मात्रै ल्याएको थियो । तर, फेसलिफ्ट मोडलमा पुरानो इन्जिनलाई हटाएर १.५ लिटर पेट्रोल इन्जिन दिएपछि यसको विक्रीमा उछाल आएको हो ।

कम्पनीले यसमा दिएको १४६२ सीसी क्षमताको ‘के १५ बी’ पेट्रोल इन्जिनले अधिकतम ६००० आरपीएममा १०५ बीएच पावर र ४४०० आरपीएममा १३८ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीड म्यानुयल गियरबक्स दिइएको छ ।

माइलेको कारण पनि ब्रेजा सफल मोडल बनेको हो । यसले प्रतिलिटर १८ किलोमिटर माइलेज प्रदान गर्ने एआरएआईले प्रमाणित गरेको छ । यद्यपी सडकमा यसको माइलेज १२ देखि १४ किलोमिटर प्रतिलिटर हुने विभिन्न परिक्षणले देखाएको छ ।

धेरै विक्री हुनुको अर्को कारण परम्परागत डिजाइनमा तयार भएर पनि बक्सी लुक्स यो एसयूभीको सबल पक्ष हो । फुल एलइडी प्रोजेक्टर हेडल्याम्प, स्क्यावर सेप ह्वील, मस्कुलर बम्पर, अगाडि र पछाडि दिइएको स्कीड प्लेट आदिले यसलाई आकर्षक देखाएको छ ।


Back_to_top