इलेक्ट्रीक ब्राण्डमा लगानी थप्दै हिरो

हिरो मोटोकर्पले इलेक्ट्रीक स्कुटरमा लगानी बढाउँदै गएको छ । कम्पनीले इन्डियन स्र्टाटअप कम्पनीले निर्माण गरिरहेको अथर इनर्जिमा थप लगानी गर्ने घोषणा गरेको हो ।

अथर इनर्जिमा यस अघि नै हिरो मोटोकर्पको ३४ प्रतिशत हिस्सा रहेको छ । कम्पनीले फेरी नयाँ लगानी गरेसँगै हिस्सा तप बढ्ने भएको हो । हिरो मोटो कर्पले ४२० करोड भारतीय रुपैयाँ थप लगानी गर्ने घोषणा गरेको हो ।

हाल हिरो मोटोकर्पसँग कुनै इलेक्ट्रीक ब्राण्ड छैन । हिरो मोटोकर्पले अहिले धेरैजसो इलेक्ट्रीक स्टार्टअपमा लगानि गर्दै आएको छ । २०१६ देखी हिरो मोटोकर्पले अथरमा लगानी गर्दै आएको छ ।

हिरोले जयरपुर स्थीत आरएण्डडी सेन्टर र जर्मनीमा रहेको टेक्नोलोजी इनोभेसन सेन्टरमा इलेक्ट्रीक स्कुटर विकास गरिरहेको छ भने कम्पनीले यसलाई आन्ध्र प्रदेश स्थीत चित्तुर प्लान्टमा यसको उत्पादन गर्ने तयारी समेत गरिएको छ ।

हिरो आफ्नो इलेक्ट्रीक सवारीसाधन कुन ब्राण्ड अन्र्तगत ल्याउछ त्यो भने हालसम्म अनिश्चित नै रहेको छ । हिरो इलेक्ट्रीले हिरो मोटोकर्पलाई हिरो ब्राण्ड नेममा इलेक्ट्रीक सवारीसाधन ल्याउन नमिल्ने भन्दै मुद्धा गर्दै आएको छ ।

 


Back_to_top