मासिक ५ हजार किस्तामा पाइने मोटरसाइकल, मूल्य प्रतिस्पर्धीभन्दा सस्तो

काठमाडौं । बजारमा मोटरसाइकलको मूल्य हरेक २ महिनामा बढी रहेको छ । सन् २०१९ पछि भारत सरकारले सुरक्षा र प्रदुषण मापदण्डमा कडाई गरेसँगै मोटरसाइकलको मूल्य लगातार बढी रहेको छ ।

तीन वर्षअघि २ लाख रुपैयाँमा किन्न पाइने मोटरसाइकलको मूल्य अहिले ३ लाख रुपैयाँसम्म पुगेको छ । तर, हिरोले आफ्ना मोटरसाइकलमा केही अपडेट गर्दै प्रतिस्पर्धीभन्दा कम मूल्यमा मोटरसाइकल उपलब्ध गराउँदै आएको छ । यसको सिधा प्रतिस्पर्धा होन्डा साइन, बजाज डिस्कभर १२५ जस्ता मोडलसँग भइरहेको छ ।

हिरोले केही महिनाअघि अपग्रेड भएको सुरक्षा फिचरसहित ल्याएको ग्ल्यामर मोटरसाइकलको मूल्य २ लाख ४४ हजार तोकेर विक्री गर्दै आएको छ । आधुनिक फिचर र प्रतिस्पर्धीभन्दा कम मूल्य यसको सबैभन्दा बलियो पक्ष हो ।

हिरो ग्ल्यामर किन्ने मानिसले यसको मूल्यको ५० प्रतिशत डाउन पेमेन्ट गर्ने र बाँकी रकम कर्जामा लिएर मोटरसाइकल किन्ने हो भने मासिक ५ हजारभन्दा केही बढी मासिक किस्ता तिर्नेगरी नै खरिद गर्न सक्नेछन् ।

सुरक्षाको हिसावले पनि उत्कृष्ट बनाउन हिरो मोटोकर्पले नयाँ ग्ल्यामरमा आइबीएस ब्रेकिङ सिस्टम थप गरेर नेपाल पठाएको छ । हिरो मोटोकर्पको नेपालको आधिकारीक बिक्रेता एनजीए हिरोले नयाँ मोटरसाइकलको बिक्री राम्रो संख्यामा भइरहेको जनाएको छ ।

हिरो ग्ल्यामरमा १२४.७ सीसी क्षमताको एयरकुल्ड एफआई इन्जिन रहेको छ । यो इन्जिनले ११.४ बीएच पावर तथा ११ एनएम टर्क जनेरेट गर्छ । यो मोटरसाइकलले ६० किलामिटर प्रतिलिटर माइलेज दिने दावी रहेको छ ।


Back_to_top