हिरोले पनि स्क्रयाम्बलर डिजाइनमा नयाँ मोटरसाइकल ल्याउने

काठमाडौं । भारतीय दुई पाङग्रे साधन निर्माता हिरो मोटोकर्पले नयाँ मोटरसाइकल ल्याउने भएको छ । कम्पनीले स्क्रयाम्बलर डिजाइनमा माभ्रिक ४४० मोटरसाइकल भारतमा ल्याउन लागेको हो ।

हिरोले पहिलो पटक स्क्रयाम्बलर डिजाइनमा मोटरसाइकल ल्याउने भएको छ । कम्यूटर सेग्मेन्टमा सर्वाधिक सफल कम्पनी हिरो मोटोकर्पले पछिल्लो समय प्रिमियम मोटरसाइकल सेग्मेन्टमा आफुलाई केन्द्रित गरिरहेको छ ।

पछिल्लो वर्ष करिज्मा २१० र हिरो माभ्रिक ४४० बजारमा ल्याएको हिरोले अब स्क्रयाम्ब्लर मोटरसाइकल ल्याउने तयारी थालेको हो ।

कम्पनीले दर्ता गरेको नयाँ मोटरसाइकलको पेटेन्ट इमेज सार्वजनिक भएसँगै हिरोले स्क्रयाम्बलर मोडल ल्याउने रिपोर्ट बाहिर आएको हो । सार्वजनिक पेटेन्ट तस्बिरमा देखिए अनुसार नयाँ मोटरसाइकल नियो रेट्रो रोडस्टर स्क्रयाम्बलर डिजाइनमा तयार हुनेछ ।

पुरा नयाँ सब फ्रेममा तयार हुने स्क्रयाम्बलर माभ्रिक ४४० मा आरएसयू टेलिस्कोपिक फोर्कको प्रयोग हुनेछ भने नयाँ डिजाइन फ्युल ट्यांक दिइने छ ।

साथै, हाई ग्राउण्ड क्लियरेन्स, एलइडी टेल लाइट, रियर मर्डगार्ड, क्रस ब्रेस सहितको ह्यान्डलबार, नयाँ अलोय ह्वील, डबल टोन कलर अप्सन, मेटालिक इन्जिन ब्यास प्लेट, गोलाकार साइड गार्ड र सिंगल पिस स्प्लीट डिजाइनको सिट यस मोटरसाइकलमा हुनेछ ।

पुरा नयाँ बडी डिजाइनमा निर्माण हुने हिरो माभ्रिक स्क्रयाम ४४० मा इन्जिन भने काभ्रिककै ४४० सीसी क्षमताको प्रयोग हुनेछ । उक्त इन्जिनले अधिकतम २७ ब्रेकहर्स पावर तथा ३६ एनएमको टर्क जेनेरेट गर्छ । यस मोटरसाइकलमा ६ स्पीडको गियरबक्स हुनेछ ।


Back_to_top