हिरो इलेक्ट्रीकका मालिक विजय मुन्जाल र नभिन मुन्जालले हिरो मोटोकर्पका चियरम्यान तथा म्यानेजीङ डाइरेक्टर पवन मुन्जाल विरुद्ध मुद्दा हालेका छन् । हिरो मोटोकर्पले आगामी मार्चमा आफ्नो इलेक्ट्रीक भेहिकल लन्च गर्ने तयारी गरिरहेको समयमा मुद्दा हालिएको हो ।
‘हिरो ब्राण्ड नेम’मा मोटोकर्पले इलेक्ट्रीक भेहिकल ल्याउन नपाउने भन्दै हिरो इलेक्ट्रीकले मुद्दा हालेको हो ।
विजय र नभिन मुन्जालको हिरो इलेक्ट्रीकले विगत १५ वर्षदेखि इलेक्ट्रीक भेहिकलको व्यवसाय गरिरहेको छ । जुन बेला इभीको धेरै चार्म थिएन, त्यही समयदेखि आफूहरुले हिरो ब्राण्ड नेममा इभीको व्यवसाय गरिरहेकोले अब आएर हिरो मोटरकर्पले हिरो ब्राण्डमा इभी लन्चगर्न नपाउने उनीहरुले दावी गरेका छन् ।
हिरो मोटरकर्पका पवन मुन्जाल नातामा विजय मुन्जालका भतिजा हुन् । विजयका अनुसार परिवार छुट्टीदा नै १० वर्ष अगाडि हिरो इलेक्ट्रीक भागबण्डामा आफूसँग रहेकोले अहिले आएर हिरो मोटरकर्पले आफ्नो ब्राण्ड नेम प्रयोग गर्न नपाउने दावी गरिएको छ ।


