हिरोको पहिलो कन्भर्टेवल स्कुटर, तीन मिनेटमा नै कार्गो बोक्ने बनाउन सकिने

काठमाडौं । भारतीय मोटरसाइकल तथा स्कुटर उत्पादक कम्पनी हिरो मोटोकर्पले कन्भर्टेवल सिस्टमको नयाँ भेहिकल कन्सेप्ट सार्बजनिक गरेको छ । हिरोले सार्बजनिक गरेको यस भेहिकललाई ‘सर्ज एस-३२’ नाम दिइएको हो ।

यसलाई आफ्नो आवश्यकता अनुसार दुई पाङ्ग्रे र तीन पाङ्ग्रे बनाएर प्रयोग गर्न सकिने भएको कारण कन्भर्टिवल भनिएको हो । यसलाई अहिलेसम्मकै पहिलो क्लास सिफ्टिङ्ग भेहिकलको रुपमा लिनु पर्ने कम्पनीको दावी छ ।

यसलाई थ्री–ह्वीलर बाट टू-ह्वीलरमा कन्भर्ट गर्न मात्रै तीन मिनेट लाग्नेछ । कम्पनीले यसमा एडप्टीभ कन्ट्रोल र सेफ अपरेसन बटन दिएको छ । त्यसैको सहायताले जुनसुकै एरियामा पनि यसलाई कन्भर्ट गर्न सकिने रहेको छ ।

टू–ह्वीलर कन्भर्ट भएको समय स्कुटरको रुपमा चलाउन सकिने र थ्री–ह्वीलर कन्भर्ट भएको समय कार्गो भेहिकलको रुपमा यसलाई प्रयोग गर्न सकिने छ ।

सर्ज एस ३२ मा थ्री-ह्वीलर र टू-ह्वीलरको लागि अलग-अलग पेरामिटर दिइएको छ । जब यो थ्री-ह्वीलर हुन्छ तब यसमा १० किलोवाटको पावर पाउन सकिन्छ । यसका लागि ११ किलोवाट आवरको ब्याट्री प्रयोग गरिएको छ । यसको म्याक्सिमम स्पीड ५० किलोमिटर प्रतिघण्टा रहने छ । यो थ्री-ह्वीलरले ५०० किलोग्रामसम्मको तौल बोक्न सक्नेछ ।

यसको टू-ह्वीलर सिस्टमलाई भने ३.५ किलोवाट आवरको ब्याट्रीसँग जोडिएको छ । यसले ३ किलोवाटको पावर उत्पादन गर्छ । यसको म्याक्सिमम स्पीड ६० किलोमिटर प्रतिघण्टा रहने छ । कम्पनीले यसलाई विभिन्न चार भेरियन्टमा सार्बजनिक गर्ने जानकारी दिएको छ ।

त्यसैगरी, हिरो मोटोकर्पले ईभी सेग्मेन्टमै तीन पाँङ्ग्रे स्कुटर हिरो भीडा ‘स्वे ट्राइक’को कन्सेप्ट पनि देखाएको छ । यो तीन पाङ्ग्रे इलेक्ट्रीक स्कुटर ईजी टू ड्राइभ स्कुटरको रुपमा आधारित हुनेछ । यसमा प्रयोग गरिने केहि फिचरहरु भने हिरोको इलेक्ट्रीक स्कुटर भीडाबाट लिइने कम्पनीको भनाइ छ ।

यसका अलावा हिरोले मिनी-जीपी रेसिंग सेग्मेन्टको राइडर्सको लागि १०० सीसी सुपर स्पोर्टस् मोटरसाइकल जेपी-एक्सको कन्सेप्ट र टू-ह्वीलर ईभी मिनी-म्याक्सको कन्सेप्ट पनि देखाएको छ ।


Back_to_top