जेठ ६ देखि हिरो अपग्रेड जात्रा हुने, ‘दरो भ्यालूएसन’ पाइने

काठमाडौं । हिरो मोटाकर्प नेपालले आफ्नो मोटरसाइकल तथा स्कुटरमा ‘हिरो अपग्रेड जात्रा’ आयोजना गर्ने भएको छ ।

नेपालका लागि हिरोको आधिकारिक वितरक सीजी मोटर्सले यही जेठ ६ देखि ११ गतेसम्मका लागि हिरो अपग्रेड जात्रा आयोजना गर्ने भएको हो ।

पुरानो मोटरसाइकल वा स्कुटर साटेर नयाँ हिरो खरिद गर्न चाहने ग्राहकलाई लक्षित गर्दै कम्पनीले विशेष एक्सचेन्ज तथा अफर कार्यक्रम संचालन गर्ने भएको हो ।

काठमाडौंको भृकुटिमण्डपमा आयोजना हुने उक्त कार्यक्रममा ग्राहकले आफ्नो पुरानो साधनमा सोचे भन्दा आकर्षक मूल्यांकन पाउने कम्पनीले जनाएको छ । जहाँ २५ भन्दा बढी मूल्यांकनकर्ताबाट ‘डोरस्टेप भ्यालुएसन’ सेवा उपलब्ध गराइने छ ।

कम्पनीका अनुसार कार्यक्रममा सहभागी हुने ग्राहकले पुरानो मोटरसाइकल वा स्कुटर साट्दा अधिकतम १ लाख रुपैयाँसम्म नगद लाभ प्राप्त गर्न सक्नेछन् । साथै, सहज फाइनान्स सुविधा अन्तर्गत नागरिकता र ड्राइभिङ लाइसेन्समात्रै भए पुग्ने व्यवस्था गरिएको छ ।

यस योजना मार्फत हिरोको नयाँ मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले हेल्मेट, ब्याग, रेनकोट तथा बाइक कभरजस्ता निःशुल्क एसेसरिज पाउने छन् ।

एक्सचेन्ज र एक्साइटमेन्ट एकै ठाउँमा थिमसहित संचालन हुने हिरोको जात्रामा कम्पनीले हिरोका ओबीडी टू, बीएस ६ तथा एफआई प्रविधियुक्त नयाँ मोडलहरू कार्यक्रममा विशेष रूपमा प्रदर्शन र टेस्ट राइड सुविधा प्रदान गर्ने तयारी गरिरहेको छ ।

पछिल्लो समय नेपाली बजारमा इन्धन दक्षता, कम मर्मत खर्च र आधुनिक फिचर भएका दुईपाँग्रे साधनको माग बढ्दै गएको अवस्थामा हिरोले अपग्रेड जात्रा मार्फत ग्राहक आकर्षित गर्ने रणनीति अघि सारेको देखिन्छ ।


Back_to_top