काठमाडौं । हिरो एक्सपल्स २१० को मूल्य बढेको छ । कम्पनीले नयाँ मूल्यसूची सार्वजनिक गर्दे एक्सपल्स २१० को मूल्य १० हजार रुपैयाँसम्मले वृद्धि गरेको हो ।
कम्पनीले जेठ ३० गते सल्लाधारीमा भब्य कार्यक्रम गरेर एक्सपल्स २१० को बिक्री सुरु गरेको थियो ।
कम्पनीले एक्सपल्स २१० को मूल्य ६ लाख रुपैयाँ तोकेर बिक्री सुरु गरेको थियो भने, अहिले बढेर ६ लाख १० हजार रुपैयाँ पुगेको छ । बहुप्रतिक्षित मोटरसाइकल हिरो एक्सपल्सको माग उच्च रहेको छ ।
डबल पर्पस डिजाइनको हिरो एक्सपल्स २१० रेगुलर कम्युटका साथै, अफरोड एड्भेन्चरका लागि उपर्युतm रहेको छ ।
एक्सपल्स २१० मा २१० सीसी सिंगल सिलिण्डर, डीओएचसी, फोर भल्ब, एलसी, लिक्विड कुल्ड इन्जिन दिइएको छ । यसले अधिकतम २४.६ बीएच पावर तथा २०.७ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीड गियरबक्स दिइएको छ ।
यसको फ्रन्टमा २१ र रियरमा १८ इन्चको डलब पर्पस टायरको प्रयोग गरिएको छ । यो मोटरसाइकलको फ्रन्टमा ४३ एमएम फुल्ली एड्जस्टेबल यूएसडी फर्क पाउन सकिन्छ भने रियरमा २०५ एमएम ट्राभल मोनोशक सस्पेन्सन उपलब्ध छ ।
इन्ड्यूरो स्टाइल टेल सेक्सन, स्वीचएबल डबल च्यानल एबीएस, ट्याकोमिटर, ओडोमिटर , गियर पोजिसन इन्डिकेटर र टर्न बाइ टर्न नेभिगेसन देखिने ४.२ इन्चको टीएफटी इन्स्ट्रुमेन्ट क्लस्टर उपलब्ध छ ।
साथै, स्मार्ट कनेक्ट फिचर, अगाडि गोलो एलईडी हेडल्याम्प, विन्ड स्क्रीन, एलईडी टर्न इन्डिकेटर जस्ता फिचरहरू छन् ।


