घट्यो सार्वजनिक सवारीको भाडा

काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडादर घटाएको छ । यातायात व्यवस्था विभागले असार १८ गते (आज)देखि लागू हुने गरी अन्तर प्रदेश संचालन हुने सवारीकाे भाडादर घटाएको हो ।

विभागले सार्वजनिक यात्रुवाहक सवारी, पहाडी र तराईको बाटोमा संचालन हुने सबै सवारीको भाडादर २ प्रतिशत घटाएको हो ।

नेपाल आयल निगमले बुधबारदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर २० रुपैयाँ र डिजेलको ३० रुपैयाँ घटाएको थियो । इन्धनको मूल्य घटेसँगै विभागले भाडादर समायोजन गरेको हो ।


Back_to_top