काठमाडौं । चर्चित भारतीय मोटरसाइकल तथा स्कुटर निर्माता कम्पनी हिरो मोटोकर्पले भारतमा नयाँ मोटरसाइकल सार्बजनिक गरेको छ । कम्पनीले भारतीय बजारमा हिरो एक्स्ट्रीम १२५ आर मोटरसाइकल सार्बजनिक गरेको हो ।
प्रिमियम कम्प्यूटर सेग्मेन्टमा आधारित एक्स्ट्रीम १२५ आर स्पोर्टी डिजाइन, उत्कृष्ट लुक्स र आधुनिक फिचर दिएर निर्माण भएको कम्पनीको दावी छ ।
यस मोटरसाइकलमा कम्पनीले ‘फस्र्ट इन सेग्मेन्ट’ फिचरहरु दिएको छ । जसले राइडरलाई उत्कृष्ट राइडिङ अनुभव प्रदान गर्नेछ ।
नयाँ एक्स्ट्रीम १२५ आरमा १२५ सीसी क्षमताको सिंगल सिलिन्डर, एयर कूल्ड, स्प्रीन्ट इबीटी इन्जिन रहेको छ । उक्त इन्जिनले अधिकतम ८ हजार २५० आरपीएममा ११.५० ब्रेकहर्स पावर जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स दिइएको छ ।
फरक र आधुनिक किसिमको रेजर शार्प एलइडी प्रोजेक्टर लो–स्लङ्ग हेडल्याम्प र एलइडी टर्न इन्डिकेटरले मोटरसाइकल स्टाइलीस देखिएको छ । यसमा डिजिटल कन्सोल, एलसीडी युनिट भएको कारण सबै सुचना चालकले सहजै पाउँछ ।
ब्रेकिङका लागि नयाँ एक्स्ट्रीम १२५ आरमा भेरियन्ट अनुसार अगाडि डिस्क ब्रेक, पछाडि ड्रम ब्रेक, डुवल डिस्क ब्रेक, सिंगल च्यानल एबीएस, डुवल च्यानल एबीएस अप्सन पाइन्छ ।
यसमा डाइमन्ड फ्रेम, डिआरएल, स्प्लीट सीट, स्प्लीट ग्रयाबरेल, फ्रन्टमा टेलिस्कोपीक फर्क र रियरमा शोवा प्रिलोड एड्जस्टेवल मोनोशक दिइएको छ ।
भारतीय बजारमा नयाँ एक्स्ट्रीम १२५ आरको सुरुवाति मूल्य ९५ हजार रुपैयाँ (एक्स शोरुम) निर्धारण भएको छ । यसको टप भेरियन्ट किन्नेले ९९ हजार ५०० रुपैयाँ (एक्स शोरुम) तिर्नुपर्छ ।

