एक्स्ट्रीम १६० आरको नयाँ भेरियन्ट सार्वजनिक, यस्ता छन् नयाँ फिचर

काठमाडौं । हिरोको सर्वाधिक मोर्डन मोटरसाइकल एक्स्ट्रीम १६० आरको नयाँ भेरियन्ट स्टेल्थ २.० भेरियन्ट सार्वजनिक भएको छ । पूर्ण कालो कलरको बडी पेन्टस् र रातो हाइलाइटमा सजिएको एक्स्ट्रीम १६० आर निकै आकर्षक देखिएको हो ।

हिरो मोटोकर्पले एक्स्ट्रीम १६० आरको स्टेल्थ भेरियन्टको मूल्य १ लाख २९ हजार ७३८ भारतीय रुपैयाँ मूल्य तोकेर विक्री सुरु गरेको हो । हिरोको यो मोटरसाइकलले बजारमा उपलब्ध टीभीएस अपाचे आरटीआर १६०, पल्सर एन १६०, हर्नेट १६० आर जस्ता मोडलसँग सिधा प्रतिस्पर्धा गर्नेछ ।

कम्पनीले यसको भिजुयलमा परिवर्तन गरेपनि मेकानिकल लगायत अन्य धेरैकुरामा परिवर्तन गरेको छैन ।

एक्स्ट्रीम १६० आरमा कम्पनीले १६३ सीसी क्षमताको एयर कुल्ड सिंगल सिलिण्डर बीएस सिक्स, एफआई इन्जिन उपलब्ध रहेको छ । उक्त इन्जिनले १५.२ पीएस पावर प्रदान गर्छ । यो हिरोले उत्पादन गर्ने सबैभन्दा छिटो कुद्ने मोटरसाइकल हो । यसलाई सून्यदेखि ६० किलोमिटर प्रतिघन्टाको स्पीड भेट्टाउन ४.७ सेकेन्ड मात्रै लाग्छ ।

हिरो एक्स्ट्रीम १६० आरको रेगुलर मोडल भने नेपालमा विक्री वितरण हुँदै आएको छ । नेपाल जनरल मार्केटिङ (एनजीएम) ले निकट भविष्यमा नै नयाँ भेरियन्ट ल्याउन सक्नेछ ।


Back_to_top