काठमाडौं । नयाँ ब्रान्डको इलेक्ट्रीक स्कुटर नेपाल आउने भएको छ । हार्विन ब्रान्डको इलेक्ट्रीक स्कुटरहरु नेपाली बजार आउन लागेको हो ।
पायोनिर वल्र्डवाइड प्रालिले हार्विन ब्रान्डका स्कुटहरु नेपालमा विक्री वितरण गर्नेछ । कम्पनीले काठमाडौंको नक्साल नारायणचौरमा हार्विनको शोरुमा निमार्णको काम अन्तिम चरणमा पुगेको जनाएको छ ।
पायोनिरले पहिलो चरणमा तीन मोडलका मोटरसाइकल तथा स्कुटर नेपाली बजारमा सार्वजनिक गर्ने तयारी गरेको हो । कम्पनीले इलेक्ट्रीक मोटरसाइकल इके १ र सीआर ६, एसके १ गरी तीन मोडलका स्कुटर ल्याउन लागेको हो ।
कम्पनीले यी मोटरसाइकल तथा स्कुटर दशैंपछि विक्री सुरु गर्ने जनाएको छ । यी स्कुटर तथा मोटरसाइकलहरुको अनुमानित मूल्य ३ लाख ७५ हजारदेखि ६ लाख ७५ हजार रुपैयाँसम्म पर्ने जनाइएको छ ।
हार्विन एसके ३ मा ४ किलोवाटको सेन्टर मोटर र २.५ किलोवाट आवरको लिथियम आयन ब्याट्री रहेको छ । यसको टप स्पीड ९० किलोमिटर प्रतिघन्टा रहेको छ भने एक पटकको फुलचार्जमा यसलाई ९० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दावी छ ।

त्यस्तै हार्विन इके १ मा २ किलोवाट क्षमताको हव मोटर रहेको छ भने २.५ किलोवाट लिथियम आयन ब्याट्री प्याक रहेको छ । ब्याट्रीलाई एक पटक फुल चार्ज गरेर १०० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दावी छ ।
त्यस्तै हार्विन सीआर ६ इलेक्ट्रीक मोटरसाइकलमा ५.३ किलोवाट क्षमताको मोटर रहेको छ भने यसमा ३.८ किलोवाट क्षमताको लिथियम आयन ब्याट्री प्याक रहेको छ । यसलाई एक पटक फुल चार्ज गरेर १५० किलोमिटरसम्म चलाउन सकिने कम्पनीले जनाएको छ । यसको टप स्पीड क्षमता ९५ किलोमिटर प्रतिघन्टा रहेको छ ।


