काठमाडौं । श्री एसटीसी ग्रुपले जापानी ब्राण्ड हिताचीका सवारीसाधनमा प्रयोग हुने व्याट्री नेपाली बजारमा ल्याएको छ । जापानी कम्पनी हिताची लिमिटेडको यी उत्पादनहरु हेवी इक्विपमेन्ट, कमर्शियल भेइकल तथा लाइट भेइकलहरुका लागि उपर्यूक्त हुने कम्पनीले जनाएको छ ।
जापान र थाइल्याण्डमा फ्याक्ट्री रहेको हिताचीको वार्षिक टर्न ओभर ९६ अर्ब डलर बराबर रहेको छ । यो कम्पनी विश्वको फर्चून ग्लोबल ५०० कम्पनी मध्येमा ३८ औं स्थानमा रहेको छ ।
हाल यो ब्राण्डका व्याट्री टोयोटा, निसान, दायहात्सु, सुजुकी, माज्दा तथा मित्सुविसीका गाडीमा कम्पनीले नै फिट गर्ने गरेको छ । हिताचीका यी व्याट्रीहरु तीन सिरीजमा उपलब्ध रहेका छन् । जसमा एचएस सिरीज ३५ देखि ८० एम्पायर आवर, डिन सिरीज ३५ देखि १०० एम्पियर आवर तथा सिभी ७५ देखि २०० एम्पियर पर आवरका रहेका छन् ।

कम्पनीका अनुसार हिताचीका व्याट्रीमा भर्जिन लिडको प्रयोग गरिएको हुन्छ । यो व्याट्रीमा सर्ट सर्किटबाट बचाउन विशेष प्रबन्ध गरिएको हुन्छ । त्यसका लागि पिधको कर्नरमा काटिएका प्लेटको प्रयोग गरिएको कम्पनीले जनाएको छ । व्याट्रीलाई लिकेजबाट बचाउन डबल सिल भएको बिर्कोकाे प्रयोग गरिएको छ । जापानी प्रविधिका यी व्याट्रीहरु मेन्टिनेन्स फ्री समेत रहेका छन् ।

