काठमाडौं । दुई पाङ्ग्रे सवारीसाधन बिक्रेता कम्पनी सुजुकी भिजिले दशैंभन्दा अगाडि ग्राहकलाई आकर्षित गर्न एक्स्चेन्ज अफर ल्याउको छ ।
कम्पनीले जुनसुकै कम्पनीका मोटरसाइकल तथा स्कुटरसँग आफ्नो मोडल साट्न सक्नेगरि उक्त योजना ल्याएको हो ।
कम्पनीले पुराना बाइक÷स्कुटरको अधिकतम मूल्य बजारमा तोकिएको भन्दा १५ हजार बढी मूल्यांकन गर्ने जानकारी दिएको छ । यो अफर योजना सुजुकीका नेपाल भर रहेका डिलर नेटवर्कबाट पाउन सकिन्छ ।
यस अफर अन्र्तगत टेस्ट राइड साथै आकर्षक बम्पर उपहार प्रदान गर्ने कम्पनीले जनाएको छ । भदौ २२ गतेबाट ३१ गतेसम्म संचालन हुने एक्सचेन्ज अफर आफ्ना सबै मोडलमा लागु हुने कम्पनीले जानकारी दिएको छ ।
भिजी सुजुकीले बजारमा इन्ट्रुडर १५०, जिक्सर एसएफ १५५ र जिक्सर २५० का बिभिन्न भेरियन्ट, जिक्सर एसएफ, मोटोजिपी एडिशन, सुजुकी बर्गम्यान स्ट्रिट १२५, सुजुकी एक्सेस १२५ स्पेसल एडिसन लगायतका विभिन्न मोटरसाइकल र स्कुटरको बिक्री गर्दै आएको छ ।
कम्पनीले नाडा अटो शो २०१९ मा सार्वजनिक गरेको जिक्सर २५० र १५५ निकै चर्चामा रहेका बाइक हुन् ।
सुजुकीको दशै अफर, जिक्सर २५० जित्ने मौका
भिजी मोटोकर्पले दशैं र तिहार लक्षित गर्दै आकर्षक ग्राहक योजना ल्याएको छ । कम्पनीले स्क्राच कार्डमार्फत १० हजार सम्म छुटसहित बम्पर अफर अन्र्तगत जिक्सर २५० जित्ने योजना सार्वजनिक गरेको हो ।
गत भदौ १० गतेबाट सुरु भएको ‘सुजुकी चाचाहुई’ अफर आगामी कार्तिक ३० सम्म प्रदान गरिने कम्पनीले जनाएको छ ।

