काठमाडौं । टीभीएस मोटरसाइकल तथा स्कुटरको आधिकारीक वितरक जगदम्वा मोटर्सले दशैंको दौड नामक अफर सार्वजनिक गरेको छ । यस अन्तर्गत ग्राहकले टीभीसको बाइक तथा स्कुटर खरिद गर्दा नगद छुट तथा विभिन्न एशोसरिजहरु प्राप्त गर्न सक्नेछन् । कम्पनीले नेपाली बजारमा १० मोडलका १७ भेरियन्ट बिक्री वितरण गर्दै आएको छ । कम्पनीले अपाची सिरिजमा बिभिन्न मोडल र त्यसका भेरियन्ट बिक्री गर्दै आएको हो ।
कम्पनीले अपाची आरआर ३१० देखि अपाची आरटीआर १५० सम्म बिक्री गर्दै आएको छ । पछिल्ला दिनमा अपाचीको आरटीआर २०० ४भी र १६० ४भी निकै चर्चामा रहेको बाइक हो ।
जगदम्बा मोटर्सले अपाची आरआर, आरीटआर सिरीजसँगै, स्ट्राइकर १२५ र रेडन ११० बाइकको समेत बिक्री गर्दै आएको छ । विगो, जुपीटर क्लासिक, एनटर्कको ड्रम र डिस्क भेरियन्ट, जेस्ट ११०, ड्याज, एक्सएल १०० एचडीआई र टीभीएस किंग जिएस प्लस २०० स्कुटर बिक्री गर्दै आएको छ ।

