पत्याउनु हुन्छ ? यो लेम्बोर्गनी होइन होन्डा सिभिक कार हो

पछिल्लो समयमा कार वा मोटरसाइकल मोडिफाई गर्ने चलन नै सुरु भएको छ । अझ भारतमा त आधिकारीकरुपमा नै कम्पनीहरुले मोडिफाई गर्ने सामान बिक्री सुरु गरेका छन् ।

केरलको एक कारप्रेमिले होन्डा सिभिक कारलाई मोडिफाई गरेर निकै सार्प र आर्कषक बनाएका छन् । उनले यसलाई ‘ग्लेसी ग्रे’ पेन्टस दिएका छन् भने अधिकांस अगाडिको भागमा मोडिफाई गराएका छन् ।

कारकाे पछाडिको भागमा ब्ल्याक कलरको प्रयोग गरिएको छ भने यसमा दिइएको चेन स्पिलिटरले कारमा नयाँरुप दिएको छ । यसमा रहेको हेडलाईटलाई निकै परिर्वतन गरिएको छ ।

रियर ह्वील आर्कमा परिर्वतन गरिएको छ भने, यसमा दिइएको अलोय ह्वीललाई परिर्वतन गरिएको छ । यसको अगाडिको ढोका लेम्बोर्गनी स्टाइलमा दिइएको छ । यसमा दिइएको अगाडिको हेडलाईटलाई मर्सिडिज इ क्लासको जसरी मोडिफाई गरिएको छ ।

यसरी परिर्वतन गरिएको होन्डा सिभिक लेम्बोर्गनी र मर्सिडिज इ क्लास जस्तो देखिएको छ । जसले यो कार सडकमा गुड्दा सबैको ध्यान खिच्ने छ ।


Back_to_top