होण्डाका मोटरसाइकल र स्कुटर किन्दा १ लाखसम्म पाइने, ७ वर्ष सर्भिसिङ फ्री

काठमाडौं । होण्डा नेपालले ‘यो दशैं आशाको सुरुवात’ अफर सार्वजनिक गरेको छ । नेपालका लागि होण्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले दशैंलाई लक्षित गर्दै उक्त अफर ल्याएको हो ।

कम्पनीका अनुसार यस योजना अन्तर्गत ग्राहकले विभिन्न आकर्षक नगद पुरस्कार तथा अन्य सुविधाहरू प्राप्त गर्न सक्नेछन् । जसमा ग्राहकले नयाँ बाइक तथा स्कुटर खरिद गर्दा स्क्रयाच कुपनमार्फत १ लाख रुपैयाँसम्मको आकर्षक नगद जित्ने मौका पाउने छन् ।

यस योजनाको सबैभन्दा विशेष र महत्वपूर्ण पक्ष ‘सहयोगको संकल्प’ रहेको छ । कम्पनीले ‘होण्डा छ साथ साथ’ अफर मार्फत हरेक हप्ता ७ वटै प्रदेशबाट १/१ जना गरी ७ जना भाग्यशाली विजेता छनोट गर्नेछ, जसमा उनीहरूले १ लाख रुपैयाँसम्म जित्ने अवसर पाउनेछन्।

यस अन्तर्गत विजेता ग्राहकले आफूले जितेको रकम प्राप्त गर्नेछन् भने होण्डा नेपालले विजेताले जितेको सोही बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ । यसरी यस अफरले ग्राहकहरूलाई पुरस्कार जित्ने अवसरका साथसाथै देशको विपत्तिमा परोपकारी कार्यमा प्रत्यक्ष रुपमा जोडिने महान अवसर समेत प्रदान गरेको छ।

साथै, कम्पनीले ग्राहकहरूको थप सुविधा र सन्तुष्टिलाई ध्यानमा राख्दै कम्पनीले अतिरिक्त योजनाको पनि व्यवस्था गरेको छ । जसमा ग्राहकले आफ्नो आवश्यकता र इच्छा अनुसार तीनवटा विकल्पमध्ये कुनै एक रोज्न सक्नेछन्। जसमा ग्राहकले १० हजार रुपैयाँसम्मको अतिरिक्त स्क्र्याच कुपन, वा ७ वर्षको लागि निःशुल्क सर्भिसिङ वा ५ वर्षको लागि वार्षिक मर्मत सम्झौता मध्ये कुनै एक अप्सन छनोट गर्न सक्नेछन् ।

कम्पनीले मोटरसाइकल तथा स्कुटर खरिदलाई सहज बनाउन स्याकार हायर पर्चेज प्रालि मार्फत सहज फाइनान्स सुविधा उपलब्ध गराएको छ ।


Back_to_top