सरकारलाई होन्डाले दियो ‘अटोमेटिक ब्याकप्याक स्प्रेयर’

काठमाडौं । नेपालका लागि होन्डा मोटरसाइकल, कार तथा पावर प्रोडक्टको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले कोरोना महामारी विरुद्धको यस महायुद्ध जित्नको निमित्त सहयोगको अर्को कदम अघि बढाएको छ ।

अहिलेको यस विषम परिस्थितिमा कोरोना भाइरसलाई केही हदसम्म नियन्त्रण गर्नको लागि ज्योति समुह अन्तर्गतको स्याकार टे«डिङ्ग कम्पनीका अध्यक्ष सौरभ ज्योतिले हिजो नेपाल सरकार स्वास्थ तथा जनसंख्या मन्त्रालयलाई सार्वजनिक स्थानमा किटनासक औषधी छर्नको लागि १० थान होन्डा अटोमेटिक ब्याकप्याक स्प्रेयर प्रदान गरेका हुन् ।

यी सामान मूल्यमा हिसाव गर्दा ७ लाख रुपैयाँ बराबरको रहेको थियो । तर, अहिलेको यो महासंकटको समयमा यसको प्रयोगले केही हदसम्म रोक नियन्त्रणमा सहयोग पुग्ने जनाएको छ ।

‘अहिलेको संकटको समयमा हामीले आ-आफ्नो स्थानमा सानो सानो सहयोग गर्न सकेको खण्डमा पनि त्यसको उपलब्धी ठूलो हुन्छ’, स्याकार कम्पनीका अध्यक्ष सौरभ ज्योतिले भने ।

ज्योतिले अवस्थालाई हेर्दै भविष्यमा समेत नेपाल सरकारसँग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता ब्यक्त गरे ।


Back_to_top