काठमाडौं । होन्डाको चर्चित मोटरसाइकल रिवेलको २५० सीसी मोडल अपग्रेड भएर सार्वजनिक भएको छ । होन्डाले रिवेल नामबाट ५००, ११०० र २५० सीसी क्षमताको तीन मोडल विक्री गर्दै आएको छ, त्यसमध्ये २५० को २०२२ संस्करण जापानमा सार्वजनिक भएको हो ।
पूर्ण एलइडी लाइटको प्रयोग भएको रिवेलमा गोलाकारको एलइडी हेडलाइट दिइएको छ । कालो कलरमा बडी फ्रेम र फुल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर प्रयोग भएको रिवेल २५० क्रुजर मोटरसाइकल हो ।
होन्डाले यसमा २४९ सीसी क्षमताको सिंगल सिलिण्डर इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम २६ बीएच पावर र २२ एनएम टर्क प्रदान गर्छ । यसमा ६ स्पीड गियरबक्स दिइएको छ ।
नेपालमा रिवेलको कुनै पनि मोडल विक्री भएको छैन । क्रुजर मोडल चाहने ग्राहक धेरै नभएकाले पनि स्याकार ट्रेडिङले अहिलेसम्म रिवेल नेपाल नल्याएको हुनसक्छ ।

