नयाँ ग्राफिक्समा आयो होण्डा साइन १२५

काठमाडौं । होण्डाले भारतमा आफ्नो लोकप्रिय मोटरसाइकल साइन १२५ मोडलको लिमिटेड एडिसन भेरियन्ट सार्वजनिक गरेको छ ।

कम्पनीले भारतीय बजारमा साइन १२५ लिमिटेड एडिसन नयाँ ग्राफिक्सका साथै नयाँ कलर अप्सनमा उपलब्ध गराएको हो ।

कम्पनीले भारतीय बजारमा नयाँ भेरियन्ट साइनको ८६ हजार २११ भारु (एक्स शोरुम) मूल्य तोकेर बुकिङ खुला गरेको छ । मोटरसाइकलको डेलिभरी भने अर्को साताबाट सुरू हुने कम्पनीले जानकारी दिएको छ ।

नयाँ साइन फ्रेस ग्राफिक्स डिजाइनमा देखिएको छ । नयाँ पर्ल साइरेन ब्लू कलरमा उपलब्ध यो मोटरसाइकलको ट्याकंमा स्टाइलिस साइन लेखेको ग्रफिक डिजाइन छ । साथै, टायरमा पाइरेटी ब्राउन कलरको अलोय ह्वील र पाइरेटी ब्राउन कलरमै अन्य बडी सेडहरू पाइन्छ । यसले मोटरसाइकलको पूरा लुक्सलाई आकर्षक बनाएको छ ।

साइन होण्डाको धेरै बिक्री हुने मोडल मध्यको एक हो । यो मोटरसाइकल भारतसँगै नेपालमा पनि निकै चर्चित छ, त्यसैले कम्पनीले यसको लोकप्रिय पहिचानलाई कायम राख्दै नयाँ मिनिमलिस्ट डिजाइन थिममा बजारमा ल्याएको हो ।

साइन १२५ मा कस्मेटिक बाहेक अन्य केही परिवर्तन भएको छैन । यसमा १२३.९४ सीसीको सिंगल सिलिण्डर, एयर कुल्ड, बीएस ६ इन्जिन छ । यो इन्जिनले अधिकतम १०.६३ पीएस पावर तथा ११ एनएम टर्क जेनेरेट गर्छ ।

मोटरसाइकलमा २० प्रतिशत इथानोल कम्प्लाइन्ट इन्जिन, डिजिटल एलसीडी कन्सोल, डिस्ट्यान्ड टू इम्टी एण्ड पावर मोड इन्डिकेटर, स्टप स्टार्ट सिस्टम, साइड स्ट्याण्ड इन्जिन कटअफ, एसीजी टेक्नोलोजी, साइलेन्ट स्टार्टर, चार्जिङ पोर्ट, फ्रन्ट डिस्कब्रेक र ट्युबलेस टायर जस्ता फिचरहरू छन् ।


Back_to_top