होन्डा मोटरसाइकल तथा स्कुटर इन्डियाले सीबी युनिकर्न १६० को उत्पादन बन्द गर्ने भएको छ । बजारमा यो मोटरसाइकलको बिक्री संख्या ज्यादै न्यून भएको र नयाँ सुरक्षा तथा प्रदूषण मापदण्ड अनुसार परिमार्जन गर्नुपर्ने भएकाले बन्द गर्नु नै उपयुक्त हुने निष्कर्षमा कम्पनी पुगेको हो ।
बजारमा पकड जमाउन नसकेका मोडलहरुलाई बीएस–६ मा जानुको साटो बन्द गर्नु उपयुक्त हुने योजनामा रहेको भारतीय सञ्चालमाध्यमले खेलेका छन् । होन्डाले भारतमा २०१४ मा सीबी युनिकर्न १५० लाई विस्थापित गर्ने लक्ष्य सहित सीबी युनिकर्न १६० सार्वजनिक गरेको थियो ।
उपभोक्ताबाट सीबी युनिकर्न १६० बाट राम्रो प्रतिकृया नआएपछि २०१६ मा पुनः सीबी युनिकर्न १५० सार्वजनिक गरेको थियो । त्यसयता सीबी युनिकर्न १५० को बिक्री राम्रो रहेको छ भने २० लाख बिक्री क्रस गरि सकेको छ ।
१५० युनिकर्नमा एबीएससहति अपग्रेड गरि सकेको होन्डाले १६० मा कुनै परिवर्तन गरेको छैन । केही महिना अघि होन्डाका प्रमुख मिनोरु काटोले होन्डाका सबै बाइक तथा स्कुटर बीएस–६ इन्जिनमा उपलब्ध हुननसक्ने बताएका थिए ।
यी र यस्तै कारणले होन्डा सीबी युनिकर्न १६० बीएस–६ मा नआउने बताइएको हो । त्यस्तै होन्डाले अन्य केही मोडललाई समेत निरन्तर्ता नदिनसक्छ । हालै होन्डाले नयाँ एक्टिभा १२५ बीएस–६ इन्जिनमा सार्वजनिक गरेको हो । यो होन्डाको पहिलो बीएस–६ युक्त दुईपांग्रे सवारी हो ।

