जुनमा भारतीय बजारमा एसयूभीः यस्तो छ बिक्री अवस्था

भारतीय बजारमा २०१९ को जुनमा एसयूभी सेगमेन्टमा हुन्डाई क्रेटा सबैभन्दा धेरै बिक्री हुने एसयूभी बनेको छ । यो वर्षको जुनमा ८ हजार ३ सय ३४ वटा क्रेटा बिक्री भएको छ । ०१८ को जुनमा हुन्डाई क्रेटा ११ हजार १ सय ११ वटा बिक्री भएको थियो । 

अघिल्लो वर्षको तुलनामा यो वर्षको जुनमा सबैजसो एसयूभीको बिक्री गिरावट आएको छ । धेरै बिक्री हुने एसयूभीको सूचीमा दोस्रो स्थानमा महिन्द्रा स्कर्पियो रहेको छ । ०१९ को जुनमा ३ हजार ७१ वटा बिक्री भएको छ । गत वर्षको सोही अवधिमा ३ हजार ३ सय २३ वटा बिक्री भएको छ । 

त्यस्तै मारुती सुजुकी एस–क्रस यो वर्षको जुनमा १ हजार ३ सय ५९ वटा बिक्री भएको छ । जबकी गत वर्षको सोही अवधिमा एस–क्रस ४ हजार १ सय २८ वटा बिकेको थियो । चौथो स्थानमा रहेको टाटा ह्यारियर १ हजार २ सय १६ वटा बिक्री भएको छ । टाटा ह्यारियर २०१८ को जुनपछि मात्र सार्वजनिक भएको हो । 

महिन्द्रा एक्सयूभी–५०० गत वर्षको जुनको तुलनामा यो वर्षको जुनमा ५८ प्रतिशतले बिक्री घटेर १ हजार १ सय १ सय २९ वटा बिक्री भएको हो । त्यस्तै छैटौं स्थानमा रहेको रेनो डस्टर ८ सय ८२ वटा बिक्री हुँदा सातौं स्थानमा जीप कम्पास रहेको छ । ०१९ को जुनमा जीप कम्पास ७ सय ९१ वटा बिक्री भएको छ । यो अघिल्लो वर्षको जुनको तुलनामा ४६ प्रतिशतले कम हो । 

आठौं स्थानमा रहेको टाटा सफारी जुनमा १ सय ६१ वटामात्र बिक्री भएको छ । गत वर्षको सोही अवधिमा सफारी ४ सय ८८ वटा बिक्री भएको थियो । नवौं र दशौं स्थानमा क्रमशः निसान टेरानो र किक्स रहेको छ । ०१९ को जुनमा टेरानो १ सय ३२ वटा र किक्स १ सय २८ वटा बिक्री भएको हो । 


Back_to_top