साना एसयूभीको भिडमा प्रबेश गर्दै होन्डा, यी मोडलसँग सिधा टक्कर

काठमाडौं । होन्डाले भारतमा सब फोर मिटर एसयूभी ल्याउने तयारी गरिरहेको रिपोर्टहरु बाहिर आएका छन् । भारतीय बजारमा ४ मिटरभन्दा छोटा एसयूभी उत्पादनमा कडा टक्कर चलिरहेको छ ।

अहिले मारुती सुजुकी, टाटा, हुन्डाई, फोर्ड, महिन्द्रा, किया जस्ता ब्राण्डले सब फोर मिटर एसयूभी उत्पादन गरिरहेका छन् भने, फक्सवागन, स्कोडा, रेनो, निसान, डाट्सन र जीपले यही सेग्मेन्टमा एसयूभी ल्याउने तयारी गरेका छन् । यी सबै माेडलसँग हाेन्डाकाे नयाँ एसयूभीकाे टक्कर पर्ने छ ।

यी सबै कम्पनीहरुले सब फोर मिटर एसयूभी सेग्मेन्टमा ठूलो लगानी गर्दै आएका छन् । पछिल्ला दिनमा अमेज, सिटी, सिभिक र डब्ल्यूआरभी जस्ता मोडल भारतमा उत्पादन र बिक्री गर्दै आएको होन्डाले आफ्नो चर्चित सेडान कार सिटीको प्ल्याटर्फममा नयाँ सब फोर मिटर एसयूभी बजारमा ल्याउन लागेको बताइएको छ ।

होन्डाले जेडआर-भी नामबाट ल्याउन सक्ने उक्त एसयूभीलाई भारत लगायत दक्षिण एशियाली बजारमा आफ्नो बिक्री बढाउन प्रयोग गर्ने बताइएको छ । यसलाई कम्पनीले आफ्नो एचआर-भी भन्दा तलको मूल्यमा बजारमा ल्याउने छ ।

यसको इन्जिन लगायतका विषयमा धेरै कुरा बाहिर नआएको भएपनि यसमा १.५ लिटर क्षमताको पेट्रोल र डिजेल दुबै इन्जिन अप्सन उपलब्ध रहने छ ।


Back_to_top