हेलमेट किन्दा ख्याल गर्नु पर्ने ३ कुरा, नत्र सुरक्षा खतरा बढ्ने

काठमाडौं । मोटरसाइकलमा यात्रा गर्नु आफैमा रोमान्चक हुन्छ नै । मोटरसाइकलको यात्रा जति रोमान्चक हुन्छ त्यतीनै जोखिम पूर्ण पनि हुन्छ ।

नेपालमा मोटरसाइकल चालकले अनिवार्य हेलमेट लगाउनु पर्ने नियम नै छ । समय समयमा नेपालमा दुईपाँग्रे चढ्ने पिलियन राइडरले समेत हेलमेट लगाउने नियम ल्याउने चर्चा चलिरहेको हुन्छ । यातायात ऐनमा पनि पछाडि बस्नेले हेलमेट अनिर्वाय लगाउनु पर्ने ब्यवस्था छ ।

धेरैजसो चालकहरुले ट्राफिक प्रहरीसँग बच्नका लागि हेलमेट प्रयोग गर्ने गर्छन् तर, हेलमेट भनेको मोटरसाइकलमा यात्रा गर्नेको लागि बनाइएको सुरक्षा साधन हो ।

तर, हेलमेट लगाउँदैमा सुरक्षित भइन्छ भन्ने हुँदैन । हेलमेटका कारण सामान्य दुर्घटनामा पनि चालकको ज्यान जोखिममा पर्न सक्छ । बजारमा विभिन्न मापदण्डका हेलमेट उपलब्ध छन् । आज हामीले सुरक्षित हेलमेट कसरी छनोट गर्ने भन्ने बारेमा चर्चा गर्नेछौं ।

फुल हेलमेट

हेलमेट किन्दा सकेसम्म फुल फेस हेल्मेट किन्नु राम्रो हुन्छ । हाफ फेस हेलमेटले दुर्घटना भएको खण्डमा टाउकोको अगाडि रहेको अनुहार बचाउन सक्दैन । जहिले पनि हेलमेट किन्दा फुल फेस हेलमेट किन्नु नै बृद्धिमानि हुन्छ ।

सर्टिफाइड हेलमेट

हामीले यती महंगो मोटरसाइकल खरिद गरेपछि आफ्नो सुरक्षाको लागि पनि केही मूल्य खर्च गर्नु पर्छ । मोटरसाइकल बिक्रेता कम्पनीले दिने कम गुणस्तरको हेलमेट प्रयोग गर्नुभन्दा केही रकम खर्च गरेर नयाँ हेलमेल लिनु पर्छ ।

बजारमा विभिन्न कम गुणस्तरका हेलमेट पाइन्छ । हेलमेटको पछिल्लो भागमा ईसीई, आइएसआइ, डिओटी, ईसी जस्ता सर्टिफिकेशन देख्न सकिन्छ । हामीले कम्तिमा पनि आईएसआई (इन्डियन स्ट्याण्डर्ड इन्स्टीच्युट) स्ट्याण्र्डड हेलमेट हेर्दा राम्रो हुन्छ ।

आरामदायी

हामीले सर्टिफाइड हेलमेट हेरे पश्चात् उक्त हेलमेट आफुलाई आरामदायी छ वा छैन परिक्षण गर्नु पर्छ । हेलमेट लगाउँदा धेरै टाइट वा लुज लगाउनु हुँदैन ।

हेलमेट लगाउँदा टाउको नहल्लिने र हल्का टाइट हुने नै हेर्नु पर्छ । केही समय लगाए पश्चात् यसको प्याडिङ केही खुल्छ र हेलमेट लगाउनु सजिलो हुन्छ । हेलमेट किन्दा यसको प्याडिङ निकाल्न मिल्ने भयो भने समय समयमा सफा गर्न सकिन्छ । त्यस्तै हेलमेटमा प्रसस्तै भेन्ट भएको छनोट गर्दा हावा पास भएर टाउको गुम्सिन पाउँदैन ।

भाइजर

हामीले सकेसम्म डबल भाइजर भएको हेलमेट हेर्न सक्छौं । बाहिरको भाइजर पुर्ण रुपमा क्लिन भयो भने हामीले दिउँसो तथा रातको समयमा पनि एउटै हेलमेट प्रयोग गर्न सकिन्छ ।

सनग्लाससमेत भएको भाइजर भयो भने दिउँसोको चर्को घाममा समेत बाइक चलाउँ सहज हुन्छ । यसका कारण क्लिन भाइजर र सनग्लास भएको हेलमेट लिन उपयुक्त हुन्छ ।


Back_to_top