मोटरसाइकल चलाउँदा कस्तो पन्जा लगाउने ? यसरी छान्नुहोस् राम्रो पन्जा

काठमाडौं । नेपालमा मोबिलिटीको मुख्य माध्यम भने दुईपाँग्रे सवारी साधन नै हो । दुईपाँग्रे सवारी साधन त्यति सुरक्षित मानिँदैन । तर, पनि यसकै धेरै प्रयोग हुने गर्दछ ।

मोटरसाइकलमा यात्रा गर्दा आफ्नो सुरक्षाका लागि विभिन्न सेफ्टी गियर्सहरूको प्रयोग गर्नु उपयोगी मानिन्छ ।

मोटरसाइकल दुर्घटनामा हुँदा सबैभन्दा पहिला खुट्टा अनि हातमा असर पर्ने हुन्छ । यस्तोमा हातको सुरक्षा गर्न हामीले सुरक्षित पन्जाको प्रयोग गर्नु पर्ने हुन्छ ।

यहाँ हामीले मोटरसाइकल/स्कुटर चलाउँदा कस्तो पन्जाको प्रयोग गर्नु राम्रो हुन्छ भन्ने जानकारी दिने प्रयास गरेका छौं ।

पन्जा किन्दा सबैभन्दा पहिले, पन्जा सटिफाई छ कि छैन हेर्न आवश्यक छ । मोटरसाइकलबाट लड्दा हामीले सडका हातले टेक्न पुग्छौं । त्यस्तोमा पन्जामा पाम पोर्टेक्टर हुन जरुरी हुन्छ । पन्जामा नकल प्रोटेक्टर हुनु पनि जरुरी हुन्छ । कम्तीमा लेबल १ सर्टिफाइड पन्जामा यस्ता सुरक्षाका फिचर हुन्छन् ।

यस्तै, औंलाका लागि, फोम वा साना आर्मर इन्सर्ट भएको पन्जा हेर्नुपर्छ । यतिमात्र होइन पन्जा किन्दा आफूलाई एकदमै कम्र्फट हुने किन्न जरुरी हुन्छ । धेरै खुकुलो वा धेरै टाइट किन्नु हुँदैन ।

त्यस्तै, सिजन अनुसारका लागि फरक फरक किन्नु पर्ने हुन्छ । गर्मी समयका लागि पन्जा किन्दा भेन्टिलेशन भएको पन्जा हेर्नुपर्छ भने जाडो समयमा प्रयोग गर्दा हावा नर्छिने किन्नु उपयुक्त हुन्छ ।

पन्जामा ग्रिप कस्तो छ भनेर हेर्नु पर्छ । ग्रिप राम्रो नभएका पन्जा प्रयोग गर्दा ह्यान्डलर बारमा हातको ग्रिप राम्रो नभएर स्लीप हुन सक्छ भने यसले दुर्घटना निम्त्याउन सक्छ ।

अहिले नेपाली बजारमा पनि विभिन्न गुणस्तरका पन्जा उपलब्ध छन् । पन्जा छान्दा आफूलाई सहज हुने तथा गुणस्तरमा कस्तो छ । त्यो बुझेर लिन सकिन्छ ।


Back_to_top