दुई स्टाइलिस मोटरसाइकल बिक्री सुरु गर्दै सिजी, कति पर्ला मूल्य ?

काठमाडौं । हिरोका दुई नयाँ मोटरसाइकल नेपाली बजारमा बिक्री सुरु हुँदैछ । सिजी मोटर्सले नाडा अटो शो २०२४ मा देखाएको एक्ट्रीम १६० फोर भी र हिरो एक्स्ट्रीम १२५ आरको बिक्री सुरू हुन लागेको हो ।

कम्पनीले यहि महिनाको अन्तिम साताबाट यी दुई मोटसाइकल बिक्री सुरु गर्न लागेको हो । अटो शोमा सिजीले देखाएको एक्सपल्स २०० फोर भी प्रो, करिज्मा एक्सएमआर २१०, एक्स्ट्रीम १२५ आर र एक्स्ट्रीम १६० फोर भी मध्ये एक्सपल्स २०० फोर भी प्रोको बिक्री केही दिन अघि सुरू गरेको हो । थप दुई मोडल एक्स्ट्रीम १६० फोर भी र १२५ आर अब बिक्री सुरु गर्न लागेको हो ।

हिरोले एक्स्ट्रीम १६० आर फोभीमा १६३.२ सीसी क्षमताको सिंगल सिलिन्डर, फोर भल्भ, हेड र आयल कुल्ड इन्जिन दिइएको छ । यसले पहिलेको भन्दा १.७ पीएस पावर र ०.६ एनएन टर्क बढाएको छ । यसको अधिकतम पावर ८५०० आरपीएममा १६.९ पीएस रहेको छ ।

यसको पावरमा बढोत्तरीसँगै एक्सलरेसन पनि राम्रो भएको कम्पनीको दावी छ । कम्पनीका अनुसार सेग्मेन्टमै सबैभन्दा छिटो ४.४ सेकेन्डमै ०–६० किलोमिटर प्रतिघण्टाको स्पीड यसले भेट्टाउने छ ।

एक्स्ट्रीम १२५ आरमा १२५ सीसी क्षमताको सिंगल सिलिन्डर, एयर कुल्ड, स्प्रिन्ट ईबीटी इन्जिन रहेको छ । उक्त इन्जिनले अधिकतम ८ हजार २५० आरपीएममा ११.५० ब्रेकहर्स पावर जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स दिइएको छ ।

यो मोटरसाइकलले १२५ सीसी सेग्मेन्टमा टीभीएस रेडर १२५ र पल्सर १२५ सँग सिधा प्रतिस्पर्धा गर्नेछ ।

कम्पनीले मूल्यको विषयमा आधिकारीक जानकारी नदिएपनि दुबै मोडल ३ लाखदेखि ४ लाख रुपैयाँ भित्रै आउने अनुमान गर्न सकिन्छ ।


Back_to_top