काठमाडौं । नयाँ अटोमोवाइल कम्पनी प्रोडाइभले डकार कार र्यालीमा भाग लिनका लागि ‘बीआरएक्स हन्टर टी-वान’ मोडल तयार गरेको छ । कम्पनीले टी-वानको अधिकारीक लन्च गरेको हो ।
कम्पनीले बनाउँदै गरेको २५ वटा टी-वान कार मध्य पहिलो उत्पादन बहराइनका राजकुमार सल्मान बिन हमद अल खलिफाले किनेका छन् । यो कारको मूल्य ट्याक्स बाहेक करिब बीस करोड नेपाली रुपैयाँ पर्ने छ ।
प्रोडाइभ कम्पनीका चियरम्यान डेभिड रिचर्डका अनुुसार यो कार ‘दी फरारी अफ दि डेजर्ट’ भन्न सकिने छ । जसलाई गुढाउन रोडको आवश्यकता पर्दैन ।
वाहिरी डिजाइन निकै आक्रामक देखिएको यो कारको लम्बाई ४ हजार ६ सय एमएम, चौडाई २ हजार ३ सय एमएम रकेको छ । विशेष प्रकारले डिजाइन गरिएको यो कारमा १७ इन्चको ह्वीलमा ३८ इन्चको टायर रहनेछ ।
यो कारमा फोर्ड कम्पनीको ड्राइस्म्प्ड ३.५ लिटर, टुइन टर्बोचार्ज्ड भी सिक्स इन्जिन रहेको छ । जसले अधिकतम ६०० हर्सपावर र ७०० एनएम टर्क जेनेरेट गर्छ ।
यसमा प्याडल सिफ्ट ६ स्पीड गियरवक्स रहेको छ । फोर ह्वील ड्राइभ सिस्टममा उपलब्ध कारले शून्यबाट १०० किलोमिटरको गति समात्न चार सेकेन्डभन्दा पनि कम समय लगाउँछ । यसको टपस्पीड क्षमता भने ३०० किलोमिटर प्रतिघण्टा छ ।


