काठमाडौं । विश्व अटोमोवाइल क्षेत्र इलेक्ट्रीक पावरट्रेनमा रेस लगाइरहदा टोयोटा सधैँ हाइब्रिड टेक्नोलोजीको विकास र विस्तारमा केन्द्रित भएको छ । यहि क्रममा कम्पनीले आफ्नो फ्ल्यागसीप एसयूभी ‘एलसी-३००’लाई हाइब्रिड पावरट्रेनमा ल्याएको हो ।
कम्पनीले केही मध्यपूर्वका देशहरुमा ल्याण्ड कु्जर एलसी-३०० हाइब्रिडमा बिक्री सुरु गरेको हो । टोयोटाले यसमा ३.५ लिटरको टुइन टर्बो भी-सिक्स पेट्रोल इन्जिन र सिंगल मोटर प्यारलल् हाइब्रिड सेटअप दिएको छ ।
टोयोटाको हाइब्रिड प्रविधिको कारण कारको संयुक्त पावर ४५७ हर्सपावर र पीक टर्क ७९० न्यूटन मिटर रहेको छ । यसमा १० स्पीडको अटोमेटीक गियरबक्स दिएको छ । कम्पनीको दावी अनुसार एलसी-३०० लाई ९.१७ लिटरले १०० किलोमिटर पुगेको कम्पनीले जानकारी दिएको छ ।
‘फुल टाइम अल ह्वील ड्राइभ सिस्टम’ रहेको एसयूभीको वाटर वेडिङ ७०० एमएम छ । यसको गियरबक्स इलेक्ट्रीक मोटरको प्रोटेक्सनका लागि वाटरप्रुफ रहेको छ ।
टोयोटाले हाइब्रिड टेक्नोलोजी एलसी-३०० को जीआर स्पोर्टस र हाइ स्पेक भएको भीएक्सआरमा मात्र अफर गरेको छ । नयाँ मोडलको एसयूभीमा २० इन्चको अलोय ह्वील, फुल्ली डिजिटल इन्ट्रुमेन्टल क्लस्टर, १३.३ इन्चको इन्फोटेन्मेन्ट सिस्टम, १५०० वाटको पावर आउटलेट दिएको छ ।