ब्याट्री र पेट्रोल दुवैबाट चलाउन सकिने स्कुटर, मूल्य कति ?

काठमाडौं । भारतको पुणेस्थित स्टार्टअप कम्पनी ‘एलेस्पा’ले भारतको पहिलो हाइब्रिड कन्भर्जन किट तयार गरेको छ । कम्पनीले पेट्रोल स्कुटरलाई हाइब्रिड टेक्नोलोजीमा कन्भर्जन गर्ने किट तयार पारेको हो ।

कम्पनीका अनुसार एलेले इलेक्ट्रीक र स्पाले पेट्रोल इन्जिनमा रहेको स्पार्क प्लगलाई जनाउँछ । यसको मतलब यो कन्भर्जन किटको प्रयोगले कुनै पनि पेट्रोल स्कुटरलाई ब्याट्री तथा पेट्रोल दुवैको प्रयोग गरेर चलाउन सकिन्छ ।

यसअघि यामाहाले रेजेड हाइब्रिड भारतीय बजारमा सार्वजनिक गरिसकेको भए पनि एलेस्पा पहिलो भारतीय हाइब्रिड स्कुटर कन्भर्जन कम्पनी भएको दाबी गरेको छ ।

यो किटले स्कुटरको पेट्रोल इन्जिनमा ब्याट्री पावरले संयुक्त रूपमा काम गर्छ। यो स्कुटरमा हब माउन्टेड मोटरको साथमा १।५ किलोवाट आवरको लिथियम फेरो फोस्फेट ब्याट्री दिइएको छ । यो ब्याट्रीलाई चार्ज गर्न ४ घण्टा समय लाग्छ भने सिङ्गल चार्जमा ७० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ ।

यसको पिक पावर भने ३।५ किलोवाट मूल्यांकन गरिएको छ । एलेस्पा हाइब्रिड स्कुटरमा भएको ब्याट्रीलाई सिटमुनि वा कस्टम मेड आवरणमा फ्लोरबोर्डको माथि राख्न सकिने बताइएको छ।

हाल कम्पनीले यो स्कुटरको किटमा ब्याट्री, मोटर र पेरिफेरल इलेक्ट्रीकल्स समावेश गरेको छ । यसलाई टिभीएसको जुपिटर ११०मा प्रयोग गरेर परीक्षण गरिएको छ ।


Back_to_top