काठमाडौं । हुन्डाईको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ल्याएको ‘दशैं तिहार, १० गुणा उपहार’ योजनाको पहिलो ग्राण्ड विजेता घोषणा गरेको छ ।
धनगढीका अभिषेक चौधरीले हुन्डाई क्रेटा खरिद गरी दशैं-तिहार अफर अन्तर्गतको स्क्र्याच कार्डमार्फत १० लाख जितेका हुन् ।
यो अफर २०८२ भदौ २ गतेदेखि सुरू भएको थियो । जसअन्तर्गत ग्राहकहरूले ८ लाख रुपैयाँसम्मको नगद छुट, १० लाख रुपैयाँसम्मको स्क्र्याच कार्ड पुरस्कार, २० हजार रुपैयाँसम्मको लोयल्टी बोनस पाउने छन् ।
साथै १ वर्षको निःशुल्क कम्प्रिहेन्सिभ इन्स्योरेन्स र सडक कर पाउने निःशुल्क पाउने छन् । ग्राहकले हुन्डाई गाडीमा ३ वर्षको वारेन्टी र ६ वर्षसम्मको निःशुल्क सर्भिसिङ सुविधा पाउने छन् ।

