काठमाडौं । हुन्डाईको लागि आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘डिसेम्बर डिलाइट’ स्कीम सार्वजनिक गरेको छ । आजबाट सुरु भएको उक्त स्कीम डिसेम्बर १५ तारिखसम्म ग्राहकले पाउने छन् ।
कम्पनीले डिसेम्बर डिलाइट योजना अन्तर्गत आफ्ना विभिन्न मोडलमा ६ लाखसम्मको नगद छुट, ५ लाखसम्मको एक्सचेन्ज बोनस र एक वर्षको पूर्ण बीमा पाउने छन् । यस स्कीममा ग्राहकले ‘जिरो कष्ट ओनरसीप प्लान’ पाउने छन् । उक्त योजनामा ३ वर्षको निःशुल्क चेकअप, गाडी मर्मत सामाग्री र वासिङको कुपन प्राप्त गर्न सक्नेछन् । साथै, ३ वर्षको सर्भिसिङ प्याकेजको फाइदा पनि उठाउन सक्नेछन् ।
कम्पनीले आगामी शनिवार, योमरी पुन्ही र उधौली पर्वको अवसरमा आफ्नो नक्साल, भक्तपुर र थापाथली शोरुममा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ ।

