काठमाडौ । एससीटी कार्ड होल्डरहरुले सिभिल मल र सुन्धरामा निःशुल्क पार्किङ पाउने भएका छन् । स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड र काठमाडौंको सुन्धारामा रहेको सिभिल मल बीच एससीटी-युपिआइ कार्ड होल्डरहरुलाई निःशुल्क पार्किङ सेवा दिने सम्झौता भएको हो ।
यस सेवा अन्तर्गत एससीटी कार्डधाराकहरूले आफ्नो कार्ड देखाएर सिभिल मल, सुन्धाराको अन्डरग्राउन्ड पार्किङ क्षेत्रमा चार घण्टासम्म निःशुल्क पार्किङ सुविधा लिन सक्नेछन् । उक्त सेवा मंसिर १६ गतेबाट ६ महिनाको लागि लागु भएको कम्पनीले जनाएको छ ।
एससीटी-युपिआइ डेबिट कार्ड लिन इच्छुक ग्राहकहरूले एससीटीको कुनै पनि सदस्य बैंक तथा वित्तीय संस्थामा गएर सजिलै कार्डका लागि अनुरोध गर्न सक्नेछन् ।

