कम मूल्य र फिचर लोडेड एक्सटरको भारतमा रेकर्ड बुकिङ, भदौमा नेपाल आउने

काठमाडौं । सानो साइज, आकर्षक डिजाइन र त्यसमा दिइएको फिचरको कारण भारतमा सार्वजनिक हुनुअघि नै एक्सटरले चर्चा कमाएको थियो । भारत मूल्यमा आधारित भएको बजार हो, तर प्रिमियम फिचरको साथ आउने एक्सटरले महंगो हुनसक्ने धेरैले अनुमान लगाएका थिए ।

धेरैको अनुमानलाई माथ दिदै कोरियन कम्पनीले ६ लाखदेखि १० लाखसम्म मूल्य कायम गरेर यसलाई बजारमा उतारेको हो । जुलाई १० मा सार्वजनिक हुनुअघि १० हजार यूनिट बुकिङ भएको एक्सटर आजको ठिक एक महिनाअघि सार्वजनिक भएको थियो ।

मूल्य थाहानपाउँदै सुरुवाती १५ दिनमा १० हजार बुकिङ भएको एक्सटर पछिल्लो ३० दिनमा ४० हजार यूनिट बुकिङ पुगेको हुन्डाई मोटर्स इन्डियाले एक विज्ञप्ती जारी गर्दै जानकारी गराएको हो । कम्पनीले अघिल्लो महिना ७ हजार यूनिट होलसेल बिक्री पनि गरिसकेको छ ।

कुल ५० हजार यूनिट बुकिङ पुरा भएको एक्सटरको सबै ग्राहकले गाडी पाउन कम्तीमा ३ महिना कुर्नु पर्ने कम्पनीको भनाइ छ । सबैभन्दा धेरै बुकिङ एसएक्स, एसएक्स (ओ) र एसएक्स (ओ) कनेक्ट भेरियन्ट बुकिङ रहेको कम्पनीका सीओओ तरुण गर्गले जानकारी दिएका छन् ।

भदौमा नेपाल आउने

हुन्डाईको पछिल्लो उत्पादन एक्सटर आगामी भदौ २६ गतेबाट काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने ‘नाडा अटो शो २०२३’मा सार्वजनिक गर्ने तयारी आधिकारी बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले गरिरहेको छ ।

नाडा अटो शोबाट सम्भवत नेपालमा पनि यसको बुकिङ खुल्ला हुनेछ । यस बिषयमा कम्पनीले आधिकारीक जानकारी भने दिइसकेको छैन ।

सनरुफदेखि क्रुज कन्ट्रोलसम्म

हुन्डाईले आफ्नो चर्चित ह्याचब्याक ग्राण्ड आई १० नियोसको प्लेटफर्ममा उत्पादन गरेको एक्सटरको ड्यासबोर्ड पनि नियोसबाटै प्रभावित भएको छ । एसी भेन्ट, ड्यासबोर्ड, इन्फोटेन्मेन्ट स्कृन, डोर ट्रिम लेआउट, क्लाइमेट कन्ट्रोल नब, थ्री स्पोक स्टेरिङ ह्वील र इन्ट्रुमेन्ट क्लष्टर नियोसकै जस्तो छ ।

एक्सटरमा क्रुज कन्ट्रोल, ६ वटा एयरब्याग, इलेक्ट्रीक शनरुफ, टायर प्रेसर मोनिटरिङ सिस्टम, रियर एसी भेन्ट, पुस स्टार्ट बटन, किलेस इन्ट्री, ड्यास क्याम जस्ता फिचरहरु दिएर फुल्ली डोडेड एसयूभी बनाएको छ ।

निकै बक्सी डिजाइनमा रहेको एक्सटरमा १.२ लिटर नेचेरल्ली एस्पीरेटेड इन्जिन, अलोय ह्वील, फ्यूचरिष्टीक डिजाइन, एच आकारमा दिइएको एलइडी डेटाइम रनिङ लाइट दिइएको छ ।


Back_to_top