जुलाई १० तारिखबाट बिक्री सुरु हुँदै हुन्डाई एक्सटर

काठमाडौं । हुन्डाईको माइक्रो एसयूभी एक्सटर आगामी जलाई १० तारिखबाट बिक्री सुरु हुने भएको छ । यसअघि नै भारतमा बुकिङ खुल्ला भएको एक्सटर अहिले नै चर्चामा रहेको मोडल हो ।

भारत सरकारले नयाँ मोडलमा अनिर्वाय ६ एयरब्याग हुनु पर्ने नियम राखेको कारण माइक्रो एसयूभी सेग्मेन्टमा ६ एयरब्याग हुने माइक्रो एसयूभी एक्सटर बनेको छ । यसको सबै भेरियन्टमा ६ एयरब्याग उपलब्ध हुनेछ ।

सेग्मेन्टमै सवैभन्दा धेरै एयरब्याग प्रयोग भएको एसयूभीमा अगाडि ड्राइभर, प्यासेन्जर, कर्टन र साइड गरेर ६ एयरब्याग दिन लागेको हो । योसँगै हुन्डाई एक्सटर सेग्मेन्टमै सबै भेरियन्टमा धेरै एयरब्याग हुने मोडल बन्ने भएको छ ।

यसको साथै हुन्डाईले यसमा ड्यूल क्यामेरा सहितको ड्यासक्याम्प र पछाडि रिभर्स क्यामेराको साथ आउने छ । सम्भवत ६ वटा एयरब्याग भएको सबैभन्दा सस्तो कारको रुपमा एक्सटर बजारमा उपलब्ध हुनेछ ।

साथै, हुन्डाई एक्सटरमा आधुनिक सुरक्षा फिचरको रुपमा परिचित इलेक्ट्रोनिक्स स्टेविलीटी प्रोग्राम, हिल एसिस्ट कन्ट्रोल, थ्री प्वइन्ट सिट वेल्ट र सिट वेल्ट रिमाइन्डर, रियर पार्किङ सेन्सर, इबीडी सहितको एबीएस जस्ता फिचर उपलब्ध हुनेछ ।

हुन्डाईले आफ्नो पहिलो माइक्रो एसयूभीमा फलोमी होम फङ्गसन सहितको अटोमेटीक हेडल्याम्प, आइएसओफिक्स चाइल्ड सिट, टायर प्रेसर मोनिटर जस्ता फिचर दिएको कारण एक्सटर सेग्मेन्टमै उत्कृष्ट फिचर भएको मोडल बन्ने अनुमान गरिएको छ ।
हुन्डाईले एक्सटरमा कम्पनीले १.२ लिटर कप्पा इन्जिन दिएको छ । यसको मूल्यको विषयमा कम्पनीले अहिलेसम्म कुनै जानकारी दिएको छैन ।


Back_to_top