चर्चित ४ पुराना मोटरसाइकल नयाँ अवतारमा आउँदै

काठमाडौं । कुनै पनि मोडलको आयु निश्चित समयसम्म हुन्छ । त्यसपछि त्यस्ता मोडल बन्द हुन्छन् । तर, कालान्तरमा त्यसले कमाएको ख्यातिकै कारण धेरै मानिसको मन, मुटु र दिमागमा अमिट छाप बनेर बसेका हुन्छन् ।

त्यसरी चर्चा कमाएका तर अहिले उत्पादन बन्द भएका केही मोडल पुनः बजारमा आउने तयारीमा छन् । नेपाल र भारतीय बजारमा यसरी अमिट छाप छाड्न सफल मोडल यामाहा आरएक्स १००, हिरो करिज्मा जस्ता मोडल पुनः बजारमा आउन लागेका छन् ।

यस्तोमा बिभिन्न कम्पनीहरुले कुनै समय निकै चर्चा कमाएका र हाल उत्पादनमा नरहेको विभिन्न ४ मोटरसाइकलहरु बजारमा पुनः आउने क्रममा रहेका छन् ।

हिरो करिज्मा

हरेक कलेज स्टुडेन्टको ड्रिम बाइक हुने गरेको हिरो करिज्मा केही समय अघि बन्द भएको थियो । कम्पनीले भारतीय बजारमा करिज्माको नयाँ भर्सन सार्वजनिक गर्ने तयारी गरेको छ ।

केही दिन अघिमात्र करिज्माको तस्बीर बाहिर आएको थियो । यो मोटरसाइकल अर्को हप्ता भारतमा सार्वजनिक हुने अनुमान गरिएको छ ।

यामाहा आरएक्स १००

कुनैबेला निकै चर्चामा रहेको यामाहा आरएक्स १०० टू स्ट्रोक इन्जिनका कारण बन्द भको थियो । अब फेरी एकपटक यामाहा इन्डियाले यामाहा आरएक्स १०० नाममा नयाँ मोटरसाइकल ल्याउने भएको हो ।

कम्पनीले नयाँ मोटरसाइकलको बारेमा अन्य जानकारी बाहिर नल्याएको भएपनि आरएक्स १०० रेट्रो कम्यूटर मोटरसाइकल हुने अनुमान गरिएको छ ।

यामाहा आरडी ३५०

यामाहाकै अर्को पपुलर विकिनि फियर्ड मोटरसाइकल आरडी ३०० पुनः बजारमा आउने छ । कम्पनीले भारतीय बजारका लागि आरजेड २५० र आरजेड ३५० नाममा पेटेन्ट दर्ता गराएको छ । आरजेड मोटरसाइकल आरडीकै डिजाइनमा थप आकर्षक बनेर आउने छ ।

टीभीएस फियरो १२५

केही समयअघि टीभीएसले फियरो १२५ को ट्रेडमार्क दर्ता गराएको थियो । त्यस पश्चात् ग्राहकले फियरोको प्रतिक्षामा रहेका छन् । कम्पनीले नयाँ फियरो १२५ सीसी इन्जिनमा ल्याउने छ । यसलाई टीभीएसले रेट्रो स्टाइल डिजाइनमा ल्याउने छ ।


Back_to_top