टाटा पन्च र हुन्डाई एक्सटरलाई टक्कर दिन महिन्द्राको नयाँ एसयूभी

काठमाडौं । बजारमा माइक्रो एसयूभी सेग्मेन्टका एसयूभीको माग बढ्दै गएसँगै महिन्द्रा एण्ड महिन्द्राले नयाँ एसयूभी ल्याउने भएको छ । कम्पनीले नयाँ एसयूभीले टाटा पन्च र हुन्डाई एक्सटर जस्ता मोडलसँग प्रतिस्पर्धा गर्नेछ । यसको परीक्षण तामिलनाडुमा गरिरहेको तस्बीर पहिलो पटक बाहिर आएको हो ।

महिन्द्राले ल्याउने नयाँ एसयूभी आफ्नो सब फोर मिटर मोडल एक्सयूभी-३००भन्दा तल राखेर बिक्री गर्नेछ । नयाँ एसयूभी नेक्सट जेनेरेसन केयूभी १०० वा अन्य कुनै नयाँ नामबाट आउने अनुमान गरिएको छ । यसलाई एक्सयूभी-३०० कै आर्किटेक्चरमा निर्माण गरिएको छ ।

परिक्षणका क्रममा देखिएको मोडलको डिजाइन र एलिमेन्ट हेर्दा, डमी लाइट प्रयोग गरिएको देख्न सकिन्छ । यसको रियर र फ्रन्टमा लाइट दिइएको छ ।

यसको रियर प्रोफाइलमा हाइ माउन्टेड स्टप ल्याम्पसहितको इन्टिग्रेटेड स्पोइलर, विन्ड सिल्डमा ई-२० फ्युल स्टिकर, भर्टिकल्ली पोजिसन गरिएको टेल ल्याम्प देख्न सकिन्छ । यसको बम्परमा भने होरिजन्टल रिफेल्क्टर पाउन सकिन्छ ।

नयाँ एसयूभीमा वाइड एयर इन्टेक, अगाडिको भागमा क्रिज सहितको स्वोपीङ बोनेट रहने अनुमान गर्न सकिन्छ । महिन्द्राले यसमा १.२ लिटर नेचुरल्ली एस्पिरेटेड पेट्रोल इन्जिन दिने छ । साथै, इलेक्ट्रीक पावरट्रेनमा पनि यसलाई बजारमा ल्याउन सक्ने अनुमान गरिएको छ ।


Back_to_top