महिन्द्राका एक्सयूभी-७०० इटहरीमा, नयाँ लोगोसहितको आउटलेट तयार

काठमाडौं । अग्नि ग्रुपले कोशी प्रदेश अन्तर्गत इटहरी बजारमा आफ्नो नयाँ मोडल एक्सयूभी ७०० र अपग्रेड भएर आएको एक्सयूभी ३०० को बिक्री सुरु गरेको छ । कम्पनीले यी दुई मोडलसँगै महिन्द्राको ट्वीन पिक्स लोगोसहितकोे आउटलेट तयार गरेको हो ।

महिन्द्राले काठमाडौंमा आफ्नो फ्ल्यागशिप मोडल एक्सयूभी ७०० र एक्सयूभी ३०० को सफलतापूर्वक लन्चिङपछि मोसफलमा ट्वीन पिक्स लोगोसहित इटहरीमा पहिलो आधिकारीक शोरूम संचालमा ल्याएको हो ।

कम्पनीले सुरु गरेको नयाँ ट्वीन पिक्स ब्राण्डेड शोरुमले प्रिमियम एसयूभी सेगमेन्टमा मानक कायम कम्पनीले विश्वास लिएको छ । कम्पनीका अनुसार नयाँ शोरुम त्यस क्षेत्रका लागि पूर्ण सुविधाले सुसज्जित आधिकारिक रहेको छ । नेपाली बजारमा एक्सयूभी ७०० र एक्सयूभी ३०० को सुरुवाती मूल्य क्रमशः ७४ लाख र ४२ लाख ९५ हजार रुपैयाँ तोकिएको छ ।

नयाँ शोरुमको उद्घाटन नेपाल उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जीवन पराजुली र अग्नी ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले गरेका थिए । शोरुम उद्घाटन गर्दै अग्नी ग्रुपका प्रबन्ध निर्देशक श्रेष्ठले भने, ‘उपभोक्ताको आवश्यकता अनुसार नयाँ मोडल उपलब्ध गराउँदै ग्राहकलाई उत्कृष्ट बिक्रीपछिको सेवा प्रदान गर्ने हाम्रो लक्ष्य हो । यो लक्ष्यमा एक्सयूभी ७०० र एक्सयूभी ३०० ले हामीलाई थप बल दिएको छ । यसमा हामी उत्साहित पनि छौं ।’

उद्घाटन कार्यक्रममा रोयल अटो इन्टरप्राजेजका प्रबन्ध निर्देशक किरण भट्टराईले इटहरी र आसपासका ग्राहकहरूलाई अधिकतम सुविधा र सरल मूल्यमा गुणस्तरीय सेवा प्रदान गर्ने बताए ।


Back_to_top