थप स्टाइलिस देखियो रेडर १२५, यी हुन् मुख्य परिवर्तन

काठमाडौं । टीभीएस मोटर कम्पनीले रेडर नयाँ अवतारमा ल्याएको छ । कम्पनीले आफ्नो १२५ सीसी प्रिमियम कम्यूटर मोटरसाइकल रेडरको स्पेशल एडिशन सार्वजनिक गरेको हो ।

टीभीएस मोटर्सले रेडरको स्पेशल एडिशन भारतमा नभएर कोलम्वियामा सार्वजनिक गरेको हो । कम्पनीले नयाँ रेडरमा विभिन्न फिचर अपडेट गरेर ल्याएको हो ।

नयाँ रेडरमा हेडल्याम्प कौल, फ्यूल ट्याङ्क, इन्जिन गार्ड, फ्यूल ट्याङक, एक्जष्ट कभर जस्ता कम्पोनेन्ट सेतो कलरमा दिइएको छ । अन्य कम्पोनेन्ट भने ब्ल्याक कलरमा देख्न सकिन्छ ।

कम्पनीले रेडरलाई अझै स्पोर्टी बनाउनका लागि स्पेशल एडिशनमा ६ स्पोक रेड अलोय ह्वील दिएको छ । त्यस्तै कम्पनीले यसमा क्यालिपर प्रोटेक्टर तथा नकल गार्डसमेत थप गरेको छ । त्यस्तै कम्पनीले स्पेशल एडिशनमा कम्पनी फिटेड फोन होल्डरसमेत दिएको छ ।

हाल कोलम्वियामा सार्वजनिक रेडर १२५ को स्पेशल एडिशन नेपाल वा भारतमा बिक्री विषयमा अहिलेसम्म कुनै जानकारी बाहिर आएको छैन ।


Back_to_top