हुन्डाई फेसटिभ डिलाइट २०७६को विजेता घोषित (विजेताको नामसहित)

काठमाडौं । हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहारको उपलक्ष्यमा ल्याएको ‘हुन्डाई फेसटिभ डिलाइट २०७६’ अफरको विजेताहरुको नाम घोषणा गरेको छ ।

सो अफर अनुसार हरेक नँया हुन्डाई गाडीको खरिदमा ग्राहकहरुले आकर्षक नगद छुट र एक वर्षको लागि निःशुल्क बीमा साथै स्क्रयाच कार्ड मार्फत थप १ लाखसम्मको नगद छुट, लक्की ड्र मार्फत १० भाग्यशाली जोडीलाई ४ रात ५ दिनको लागि दुबई भम्रण तथा बम्पर लक्की ड्रबाट २ विजेतालाई हुन्डाई सेन्ट्रो र भर्ना जित्ने मौका दिएको थियो ।

उक्त अफरको विजेता घोषणा हिमालयन टेलिभीजनमा लाइभ गरेर असार १५ गते छनोट गरिएको थियो । उक्त कार्यक्रमको मुख्य अतिथि कनज्युमर आई नेपालकी अध्यक्ष बिमला खनाल रहेकी थिइन् ।

उक्त अफरमा ४ रात ५ दिनको दुबई भ्रमणको १० जना बिजेताहरु भरत सिंह पौडेल, चन्द्रमणि पौडेल, श्रीजेश घिमिरे, महेश्वर लाल सिंह, कृष्णप्रकाश पौडेल शर्मा, राजु शाह, दलबहादुर बि.क., विजय अग्रवाल, निर्भिक सापकोटा र खातु ईन्टरनेशनल प्रालि रहेका छन् ।

त्यसैगरी ‘हुन्डाई फेसटिभ डिलाइट २०७६’ अफरको पहिलो बम्पर लक्की ड्र अन्तर्गत शालिकराम अधिकारी ले हुन्डाई सेन्ट्रो र अन्तिम बम्पर लक्की ड्र अन्तर्गत नागेश्वरप्रसाद शाह ले हुन्डाई भेन्यू जितेका छन् ।

उक्त योजनामा २ भदौदेखि १७ कात्र्तिक २०७६ सम्म गाडी किन्ने ग्राहकलाई सहभागि गराइएको थियो ।


Back_to_top