विश्वकप फुटवल अवधिभर खेलाडी र अफिसियलले हुन्डाईका गाडी चढ्ने, यस्ता छन् गाडी

काठमाडौं । सन् १९९९को विश्वकपबाट फिफाको आधिकारिक प्रायोजन गरिरहेको कोरियाली अटोमोबाइल कम्पनी हुन्डाईले सन् २०१४मा सम्झौता नविकरण गर्दै सन् २०२२ सम्मको लागि फिफाको आधिकारीक प्रायोजक बनेको हो ।

कम्पनीले फिफासँग अफिसियल स्पोन्सर भएवापत बार्षिक ३ करोड ५० लाख डलर फिफालाई तिर्नुपर्ने बिभिन्न अन्तर्राष्ट्रिय मिडियाहरुले उल्लेख गरेका छन् ।

विश्वमै सबैभन्दा बढि हेरिने, खेलिने र बहस गरिने खेल हो, फुटवल । त्यसमा पनि विश्वकप नजिकिदै जाँदा हरेक टोल र गल्ली अनि चौरमा फुटवलको चर्चा नहुने कुरै भएन ।

अहिले फिफासँग ७ वटा ब्राण्डले एसोसिएट भएर काम गरिरहेका छन् । त्यसमा हुन्डाईसँगै कोकाकोला, एडिडास, वान्डा ग्रुप, जेजर्पोम, कतार एयरवेज र भिसाकार्ड रहेका छन् ।

फिफाले हरेक क्याटोगोरीमा एक–एकवटा कम्पनीलाई सहभागी गराउने गरेको छ । यस प्रतियोगितासँग जोडिए बापत यी कम्पनीहरुले निश्चित रकम तिर्नुपर्ने हुन्छ भने उनिहरुले आफ्नो सेवापनि दिनुपर्ने हुन्छ ।

मोटर कम्पनीको आधिकारीक सहयात्रीको नाताले हुन्डाईले सबै ३२ वटै देशका अफिसियल र खेलाडी चढ्ने गाडी उपलब्ध गराउनु पर्नेछ । यस्ता गाडी अत्याधुनिक, सुविधासम्पन्न र सुरक्षित हुनुपर्ने हुन्छ । यस्तोमा हुन्डाइ–कियाले बिगतदेखि नै उत्कृष्ट कार्य गर्दै आएको फिफाले उल्लेख गरेको छ ।

कति गाडी प्रयोग भएको थियो २०१४ मा ?

ब्राजिल वल्र्डकप २०१४ मा हुन्डाई–कियाले १,४३२ वटा कार र २,८०० सुविधासम्पन्न बसको माध्यमबाट सेवा प्रदान गरेको थियो । यसरी ३२ वटा देशका खेलाडी र अफिसियललाई प्रदान गरिएको बसहरु उनिहरुको राष्ट्रिय झण्डा, स्लोगन र कलरले सिंगारिएको थियो ।

यस पटकको रसिया वल्र्डकपमा हुन्डाई कियाले २०१४को भन्दा अत्याधुनिक र सुविधा सम्पन्न सवारीसाधनको प्रयोग गर्ने जनाएको छ ।

यो वर्षपनि हुण्डाईका गाडीहरु ३२ वटै देशका खेलाडी र अफिसियलहरुले चढ्नेछन् भने ती गाडीहरुमा ती देशहरुको झण्डा, स्लोगन र रंगले सिंगारिनेछ ।

यो पटक कम्पनीले हुन्डाईका ५३० वटा र कियाका ४२४ वटा गाडीहरु विश्वकप फुटबलको लागि उपलब्ध गराएको छ । जसमा कम्पनी हुन्डाईका सान्ता फे, टुसान र एच वान(स्टारेक्स) मोडलका गाडीहरु  र कियाका स्पोर्टेज, रेरान्टो, के–९ लगायतका रहेका छन् ।

यसबाहेक हुण्डाईले फिफा वल्र्डकपमा सहभागी हुनका लागि आफ्ना ग्राहकहरुलाई पनि अवसर प्रदान गरेकोछ । फिफासँगको सहकार्यमा कम्पनीले विश्वभरका ५० मुलुकबाट भाग्यशाली ग्राहकहरुलाई विश्वकप हेर्न रसिया लैजाँदैछ ।


Back_to_top