फ्रैंकफर्ट मोटर शोमा हुन्डाईको नयाँ इभी कन्सेप्ट सार्वजनिक हुँदै

हुन्डाईले आगामी महिना आयोजना हुने फ्रैंकफर्ट अन्तर्राष्ट्रिय मोटर शोमा नयाँ इलेक्ट्रीक भेइकलको कन्सेप्ट ल्याउने भएको छ । उक्त मोटर शोमा हुन्डाईले आफ्नो पहिलो फुल इलेक्ट्रीक रेसिङ कारको कन्सेप्ट सार्वजनिक गर्न लागेको हो । 

कम्पनीले केहीसमय अगाडिमात्रै उक्त इलेक्ट्रीक रेस कारको टिजर सार्वजनिक गरेको थियो ।

पछिल्लो केही समयदेखि हुन्डाईले ‘स्टाइल सेट फ्रि’ अवधारणामा आधारित इभी मोडलको डिजाइन निर्माणमा केन्द्रित भएको थियो । कम्पनीका अनुसार नयाँ अवधारणामा भविष्यमा निर्माण हुने ईभीको डिजाइन, प्याट्रन, लुक्स, फिचर लगायतका विभिन्न पक्षलाई समेटिएको छ ।  

ग्राहकको माग र बजारको आवस्यकता अनुरुपका इलेक्ट्रीक कारको उत्पादन गर्ने उद्देश्यसहित नयाँ स्टार्टेजीको निर्माण गरिएको कम्पनीले बताएको छ । 

नयाँ कन्सेप्ट अनुसार ग्राहकले आफ्नो इच्छा अनुरुप कारको स्वरुप, डिजाइन र लुक, फिचर छनौट गर्न पाउने छन् ।

यसरि, निर्माण भएका कारको इन्टेरियर निक्कै आकर्षक हुनुका साथै एक्सटेरियरमा उत्कृष्ट विशेषता समेटिने जनाइएको छ । अटो शोमा सार्वजनिक हुने इलेक्ट्रीक कन्सेप्ट कारले भविष्यमा निर्माण हुने इभीको प्रतिनिधीत्व गर्ने कम्पनीले जनाएको छ ।

यस्तै, कम्पनीले नयाँ अवधारणा अन्तर्गत ‘माइ स्पेश र एच स्पेश’ नामका दुई अप्सन राख्ने भएको छ । ग्राहकले यी अप्सनमार्फत कारमा समेटिने मेटिरियलबारे बुझ्ने अवसर पाउने छन् । त्यस्तै आफुले किन्न चाहेको कारको अनुभव खरिद गर्नुपूर्व नै लिन सक्नेछन् । 

अल न्यु ग्लोवल मोडुलर प्लाटफर्ममा आधारित हुने इभी कारले इलेक्ट्रीक मोविलिटीलाई प्रश्रय दिने कम्पनीको दाबी छ ।


Back_to_top