हुन्डाई आयोनिक ६ को बुकिङमा नयाँ रेकर्ड

काठमाडौं । कोरियन कार निर्माता कम्पनी हुन्डाईको नयाँ कार आयोनिक ६ को बुकिङले नयाँ रेकर्ड बनाएको छ । हुन्डाईले निमार्ण गरेको नयाँ इलेक्ट्रीक सेडान कारको एकै दिन ३७ हजार बढी बुकिङ हुँदै नयाँ रेकर्ड बनाएको हो ।

सेडान कारको युग सकिएको भनिए पनि होन्डाई ६ को प्रि बुकिङले सबैलाई अचम्मित बनाएको छ । दी कोरियन हेराल्डका अनुसार प्रि बुकिङ खुल्ला भएको पहिलो २४ घन्टामा नै ३७ हजार ४४६ यूनिट आयोनिक ६ कार बुकिङ भएको हो ।

एक दिनमा नै यति धेरै हुन्डाईको इलेक्ट्रीका कार बुकिङ भएको यो पहिलो रेकर्ड हो । इलेक्ट्रीक कार उत्पादनमा हुन्डाई निकै रुचाइएको कम्पनीमध्ये पर्छ ।

यस अघि होन्डाई आयोनिक ५ क्रसओरको एकै दिन २३ हजार ७६० यूनिट बुकिङ भएको थियो । हुन्डाई आयोनिक ६ ले एक पटकको फुलचार्जमा ६०० किलोमिटर रेन्ज दिने जनाइएको छ । कम्पनीले यसलाई सिगंल मोटर तथा अलह्वील ड्राइभ अप्सनमा ल्याउने छ ।

होन्डाइले आयोनिक ६ पछि कोना इलेक्ट्रीकको नयाँ जेनेरेशन ल्याउने तयारी समेत सुरू गरेको छ ।


Back_to_top