काठमाडौं । फेस्टिभ सिजनलाई लक्षित गर्दै होन्डाले नयाँ मोटरसाइकल सार्वजनिक गरेको छ । कम्पनीले होन्डा साइनको सेलिब्रेसन एडिशन सार्वजनिक गरेको हो ।
होन्डाले साइनमा कस्मेटिक परिर्वतन गरेर सेलिब्रेसन एडिशन सार्वजनिक गरेको हो ।
कम्पनीले होन्डा साइन सेलिब्रेसन एडिशनको मूल्य ७८ हजार ८७८ रुपैयाँ ९एक्ससोरुम० मूल्य राखेर सार्वजनिक गरेको हो । यो मूल्य साइनको स्ट्यान्डर्ड भर्सनको तुलनामा १ हजार ५०० रुपैयाँले धेरै हो ।
होन्डा साइन टप १० विक्री हुने मोटरसाइकलको लिस्टमा लगातार पर्दै आएको छ ।
कम्पनीले सेलिब्रेसन मोडललाई दुई कलर अप्सनमा ल्याएको छ । मेट स्टील ब्ल्याक र मेट सग्रिया रेड मेटालीक गरी दुई कलरमा उपलब्ध हुने भएको हो ।
यसको ग्राफिक पुरानैलाई निरन्तरता दिइएको छ भने यसको गोल्डेन सेड दिइएको छ । विंगमार्क, साइन लोगो, टेल सेक्सन, सेलिब्रेसन एडिशन लोगो, हेडल्याम्क कौल तथा साइड प्यानलमा जस्था पार्ट गोल्डेन कलरमा दिइएको छ । यसका साथै यसको सिटलाई ब्राउन कलरमा दिइएको छ ।
होन्डा साइन सेलिब्रेसन एडिशनमा कस्मेटिक परिर्वतन बाहेक अन्य कुनै परिर्वतन गरिएको छैन् । यसमा १२३।९ सीसी सिगंल सिलिन्डर इन्जिन रहेको छ । यो इन्जिनले १०।७४ पीएस पावर तथा ११ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियर बक्स जडान रिएको छ ।