हुन्डाईले मिडसाइज एसयूभी आयोनिक ७ ईभी ल्याउँदै

काठमाडौं । हुन्डाईले मिडसाइज एसयूभी आयोनिकको नयाँ भर्सन ल्याउने भएको छ । यसअघि कम्पनीले आयोनिक ५ र ६ ल्याएको कम्पनीले सन् २०२४ सम्ममा आयोनिक ७ ल्याउने भएको हो ।

कम्पनीका अनुसार आयोनिक ७ ईजीएमपी प्लेटफर्ममा आधारीत रहेर निर्माण गरिएको छ । यो एसयूभीमा हाई इनर्जी डेन्सिटी भएको लिथियम आयन ब्याट्री सेल्स प्रयोग हुने बताइएको छ ।

यसमा आयोनिक फाइभको जस्तै डुअल मोटर अप्सन हुने अपेक्षा गरिएको छ । यसमा रहने २२५ किलोवाट पावर भएको संयुक्त मोटरले ३०१ हर्सपावर तथा ६०५ एनएम टर्क उत्पादन गर्छ ।

हुन्डाई आयोनिक ७ मा भएको ब्याट्रीलाई फुलचार्ज गर्दा ४८२ किलोमिटर रेन्ज दिने बताइएको छ । यो ईभीले ३५० किलोवाट क्षमताको फास्ट चार्जर पनि सपोर्ट गर्दछ । यसलाई २० मिनेटको अवधिमा १० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

हुन्डाई आयोनिक ७ फ्युचारिस्टिक डिजाइनमा तयार गारिएको छ । यो निकै आकर्षक देख्न सकिन्छ । कम्पनीले यो ईभीमा थुप्रै नवीनतम र आधुनिक फिचर्स समावेश गरेको छ । यसमा न्यू एनमिडिया कनेक्टेड ड्राइभ सफ्टवेयर प्लेटफर्म, एडभान्स अटोनोमस ड्राइभर असिस्टेन्ट सिस्टम लगायत पाउन सकिन्छ ।

यो ईभीको बाहिरी डिजाइन आयोनिककै अन्य मोडलको जस्तै हुने बताइएको छ । यसमा सेभेन पिक्सेल लाइट हेडलाइट दिइएको छ । यसको प्रोडक्सन मोडलमा छुटाछुट्टै लाइटको सट्टामा फ्ल्याट र ट्रान्सलुसेन्ट पिक्सेल सेप लाइटको प्रयोग भएको छ ।

यसको प्रोडक्सन मोडलमा अगाडिको भागमा थप कार्गो स्पेसको लागि फ्रन्क दिइएको छ । यो मोडलमा पनि कम्पनीले आयोनिक ६ मा झैँ वातावरण मैत्री कच्चापदार्थको प्रयोग गर्ने बताइएको छ ।

त्यसैगरी, यसको भित्रि भागमा भने यसअघिको मोडलको तुलनामा निकै कम एलिमेन्टको प्रयोग भएको हुनेछ । यसमा स्विभेलिङ सिट पाउन सकिन्छ । यसले दोस्रो र तेस्रो रोमा यात्रा गर्ने प्यासेन्जरलाई फेस–टु–फेस बस्न सहज बनाउछ ।

आयोनिक ७ मा क्लाइमेट कन्ट्रोल डिस्प्ले, इन्स्ट्रुमेन्ट क्लस्टर, इन्फोटेनमेन्ट सिस्टम,भेइकल टु लोड लगायत सुविधा पाउन सकिन्छ । यसमा ड्यासबोर्ड इन्टिग्रेटेड टच कन्ट्रोल्ड प्यानल, विभिन्न बटम जस्ता फिजिकल कन्ट्रोल समावेश गरिएका छन् ।

यो ईभीमा न्यू एम्बिएन्ट लाइटनिङ, इलेक्ट्रीक एक्टिभ साउन्ड डिजाइन, हाइवे ड्राइभिङ पाइलट, डिजिटल की, भिजन रुफ, भर्चुअल मिरर, बायोमेट्रिक अथेन्टिकेन्सन लगायतका फिचर्स दिइएको छ ।

यो ईभीको लम्बाइ ४८५३ एमएम, चौडाइ २०५७ एमएम र उचाइ १७७८ एमएम रहेको छ । त्यसैगरी, यसको ह्वीलबेस ३०९८ एमएम रहेको छ भने ग्राउन्ड क्लियरेन्स २०३ एमएम पाउन सकिन्छ ।


Back_to_top